कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार १९:२:११
१९ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ललितपुरस्थित मुख्यालयमा भर्खरै सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गराएपछि पुष ७ गतेदेखि सुरु भएको कार्यसमिति बैठककै निरन्तरता हो ।
पुष १० गते बसेको बैठकले पुष १३ गते देशका १६५ निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको थियो । ओलीको कदमलाई पार्टी भित्र दुई थरि नेताले अलग अलग रुपमा लिएका छन् । संस्थापन पक्षले ओलीको कदम अलोकतान्त्रिक भएपनि यसको छिनोफानो सर्वाेच्च अदालतबाटै भएपछि मात्रै आफ्नो पोजिसन क्लियर गर्नुपर्ने तर्क गरेकोछ भने संस्थापन इतर पक्षले भने तत्कालै सडक आन्दोलनमार्फत ओलीको असंवैधानिक कदमको विरोध गर्नुपर्छ भन्ने रहेको छ ।
यही विवादका कारण बैठक लामो समयदेखि अवरुद्ध थियो । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सडक आन्दोनको नयाँ कार्यक्रम घोषणा गर्न दबाब सिर्जना गर्ने तयारी गरेको छ । तर सभापति शेरबहादुर देउवा पक्षले भने अहिले पर्ख र हेरको अवस्थामै रहेकाले धेरै हतार गर्न नहुने अडान लिइरहेको छ ।
आजको बैठकमा पनि यही विषयमा विवाद हुुन सक्ने देखिएको एक केन्द्रीय सदस्यले बताए । तर अहिले नै कांग्रेसले आफुलाई एउटा कित्तामा उभ्याएन भने पछि ठूलो धोका हुन सक्नेतर्फ सचेत हुनुपर्ने पक्षमा धरैले आवाज बुलन्द गर्ने बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा वैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
हिंसा भड्कन सक्ने भन्दै मोरङ प्रशासनले लगायो सामुहिक रुपमा हुने गतिविधिमा रोक
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
एउटै बोटमा दुई रङको लालीगुराँस
बैशाख ६, २०८१ बिहिबार
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार