मुक्तिनाथ विकास बैंक १५ वर्षमा प्रवेश
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार २०:४१:३५
१९ पुष, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्ष प्रवेशका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्ला कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी, रु. १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो ।
बैंक स्थापनाको दिन पारेर यस विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको छ ।
साथै, बैंकले यसै उपलक्ष्यमा कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एन.एफ.सी.) मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले POS टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार नै रु. २,००० सम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्ड मार्फत POS टरमिनल मार्फत भुक्तानी गर्न सकिनेछ ।
यसै गरी VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्ने आदि जस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार