
१९ पुष, काठमाडौं । कोरोनाभाइरस महामारिका कारण बन्द रहेको चालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परिक्षा पुन सुरु भएसँगै सवारी साधनको ट्रायल गराउन खुलेका विभिन्न ट्रायल सेन्टरहरु पुन संचालनमा आउन थालेका छन् । यसैबीच काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा पनि पुनःसुरु चालक अनुमति पत्रका लागि आइतबारदेखि प्रयोगात्मक परीक्षा भएको छ ।
यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि आवेदन लिन थालेसँगै प्रयोगात्मक परीक्षाको कार्य पनि सुचारु हुन थालेको छ । कार्यालयले गत चैतदेखि नै नयाँ अनुमतिपत्रका लागि नयाँ परीक्षा लिएको थिएन । तर पुराना चालक अनुमतिपत्र तथा कागजपत्रहरु नवीकरण र वितरणको काम भने भइरहेको थियो । लामो समयसम्म अवरुद्ध सेवा एकै पटक खुलाउँदा भीड हुने भएकाले निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाएर काम अगाडि बढाइएको विभागले जानकारी दिएको छ । तस्बिर सौजन्यः भेहिकल एकेडेमी
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट