केयूमा पदाधिकारी नियुक्त नगर्न डा. केसीकाे माग
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार १४:४१:५५
२० पुष, काठमाडौं । काठमाडौं विश्वविद्यालय ९केयू०मा विवादित र भ्रष्ट पदाधिकारीलाई फेरि नियुक्त नगर्न डा. गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
केसीले आइतबार विज्ञप्ति जारी गरी आफूसँग विगतमा भएको सम्झौता बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता र कार्यक्षमताको आधारमा पदाधिकारी नियुक्ति गर्न पनि माग गरेका छन् । डा. केसीले काठमाडौं विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘हामी लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागबण्डाको अन्त्य हुनुपर्ने मागसहित संघर्षमा छौं । पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौतासमेत भएको छ,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
केयूमा उपकुलपति रामकण्ठ माकजुलाई लगातार तेस्रो कार्यकालका लागि नियुक्ति गर्ने तयारी भइरहेका बेला डा। केसीको पछिल्लो विज्ञप्ति सार्वजनिक भएको हो । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले नयाँ उपकुलपति चयन प्रतिस्पर्धायुक्त, सरकारका पूर्वघोषित नीति नियम र योग्यताका आधारमा तथा विश्वविद्यालयका सरोकारवालाहरुसँग समेत सल्लाह सुझाव लिएर होस् भनि माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार