आइतबार , माघ ४, २०७७

कर्णाली प्रदेश सरकारले सहकारीमार्फत ऋण लिने

कर्णाली प्रदेश सरकारले सहकारीमार्फत ऋण लिने

२० पुष, कर्णाली । कर्णाली प्रदेश सरकारले ठूला तथा साना किसानका लागि चालू आव २०७७/७८ ऋणमा ब्याज अनुदानका महत्वपूर्ण कार्यक्रम ल्याएको छ । यसअघि ठूला व्यवसायीका लागि ब्याजमा अनुदान कार्यक्रम ल्याएको प्रदेश सरकारले आज सहकारीमार्फत ऋण लिने साना किसानलाई ब्याजमा अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको हो ।

कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सरोकारवाला माझ ‘सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यविधि, २०७७’ सार्वजनिक गरेको छ । उक्त कार्यविधि सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं सहकारीमन्त्री बिमला केसीले मुलुकमै पहिलो र नौलो कार्यक्रम कर्णाली सरकारले शुरु गरेको दाबी गरे। “यस अघि हामीले रु एक लाखदेखि एक करोड बैंक ऋण लिने ठूला व्यवसायीका लागि ७ प्रतिशत ब्याज तिर्नेगरी कृषि विकास बैंकसँग सम्झौता गरिसकेका छौं,” मन्त्री केसीले भने,“त्यसमा वार्षिक दुई प्रतिशत मात्र कृषक आफैले तिर्नुपर्नेछ ।”

उनले अगाडि भने, “अहिले साना कृषकका लागि सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यक्रम ल्याइएको छ । यसमा बिनाधितो किसानले रु ५० हजारदेखि पाँच लाखसम्म पाउनेछन् ।” यस कार्यक्रमले बैंक पहुँच नभएका साना किसान धितो नराखेर ऋण पाउने र उनीहरुको आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

मन्त्री केसीका अनुसार ऋण प्रवाह गर्ने सहकारीको आफ्नै पूँजी रु ५० लाख हुनुपर्ने कार्यविधिमा तोकिएको छ । प्रदेश सरकारको यस कार्यक्रमबाट सहकारीको विकासमा ऊर्जा पुग्नेछ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्र शर्माले हालसम्म कर्णाली प्रदेशअन्तरग ३१४ सहकारी संस्था रहेको बताए । साना किसानका लागि सहकारीमार्फत ब्याज अनुदान निकै लाभदायक कार्यक्रम हो, सचिव डा शर्माले भने, “किसानले रु ५० हजारदेखि पाँच लाखसम्मको ऋणको वार्षिक हुन आउने ब्याज १० प्रतिशत र एक प्रतिशत सेवा कर गरी ११ प्रतिशत सरकार आफैले तिर्दिनेछ । ऋण प्रवाह गर्ने सहकारीको भने ९५ प्रतिशत बचत आफ्नै हुनुपर्ने शर्त कार्यविधिमा उल्लेख गरिएको उनले जनाए । चालु आवमा किसानको ब्याज अनुदानका लागि मन्त्रालयले रु सात करोड बजेट विनियोजन गरेको र आवश्यकतामा रकम थपिने उनले बताए ।

मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले खेती गर्ने किसान तल नै रहेकोले यहाँ आउने प्रस्ताव निरर्थक रहेको तर्क गरे । सूचना अधिकारी कठायतले भने, “सरकारले सडक, सिँचाइ र लगानी दिने हो । ऋण लिने र बीमा गर्ने काम किसान आफैले गर्नुपर्दछ ।”

कर्णाली सरकारले साना तथा ठूला किसानका लागि ऋणमा ब्याज अनुदानको कार्यक्रम ल्याएपछि रोजगारी र उत्पादनमा सहयोग पुग्ने भन्दै उनीहरु उमङ्गित भएका छन् । अर्कोतर्फ स्थिर पूँजी परिचालन हुने भएपछि बैंक तथा सहकारी पनि लगानी गर्न हौसिनुको साथै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै उनीहरुले प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आईसियू सेवाका लागि तीन बेड आईसियू सेवाका लागि तीन बेड १ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकले ४.२६ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठायो मुक्तिनाथ विकास बैंकले ४.२६ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठायो १ घण्टा पहिले
लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लाग्दैन : नेता पौडेल लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लाग्दैन : नेता पौडेल १७ घण्टा पहिले
राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण २३ घण्टा पहिले
विराटनगर भन्सार र आन्तरिक राजश्व विराटनगरद्वारा राजश्व संकलनमा बृद्धि विराटनगर भन्सार र आन्तरिक राजश्व विराटनगरद्वारा राजश्व संकलनमा बृद्धि २२ घण्टा पहिले
संवैधानिक इजलासमा आजदेखि रिट निवेदनमाथि निरन्तर सुनुवाइ हुने संवैधानिक इजलासमा आजदेखि रिट निवेदनमाथि निरन्तर सुनुवाइ हुने ५ घण्टा पहिले
नागढुङ्गाबाट विभिन्न कम्पनीका २३ थान मोबाइल बरामद नागढुङ्गाबाट विभिन्न कम्पनीका २३ थान मोबाइल बरामद १५ घण्टा पहिले
हवाई मार्गबाट हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने हवाई मार्गबाट हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने ८ मिनेट पहिले
समुत्थान बहुउद्देश्यीय सहकारी संचालनमा समुत्थान बहुउद्देश्यीय सहकारी संचालनमा ५ दिन पहिले
यस्तो छ, बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको नालीबेली यस्तो छ, बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको नालीबेली ३ हप्ता पहिले
आईजीपी व्याचकै दर्जनौ एसएसपी फेरि बढुवाबाट बञ्चित, डीआईजी हुने ९ जना को को हुन् ? आईजीपी व्याचकै दर्जनौ एसएसपी फेरि बढुवाबाट बञ्चित, डीआईजी हुने ९ जना को को हुन् ? ३ हप्ता पहिले
नेकपाको एकता अभियानका नाममा सङ्गठन खडा गर्न वामदेवकाे आग्रह नेकपाको एकता अभियानका नाममा सङ्गठन खडा गर्न वामदेवकाे आग्रह १ हप्ता पहिले
विवाहपञ्चमी महोत्सवका अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना विवाहपञ्चमी महोत्सवका अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना ४ हप्ता पहिले
कांग्रेसलाई नेकपा नामको फट्याङ्ग्राले जिस्क्यायो कांग्रेसलाई नेकपा नामको फट्याङ्ग्राले जिस्क्यायो ३ हप्ता पहिले
मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै आशाका किरणको प्रतीक्षामा विश्वखुशी मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै आशाका किरणको प्रतीक्षामा विश्वखुशी ३ हप्ता पहिले
अनेरास्ववियुले प्रधानमन्त्री ओलीको पुत्ला जलाउने, मन्त्रीलाई कालो झण्डा देखाउने अनेरास्ववियुले प्रधानमन्त्री ओलीको पुत्ला जलाउने, मन्त्रीलाई कालो झण्डा देखाउने २ हप्ता पहिले