गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार १९:५०:५
२० पुष, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।
आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ । कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएका अवस्थामा रहेको बताइएको छ । चितुवा घर–घरमै पुगेपछि स्थानीयवासीले लखेटेका थिए ।
पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेका अवस्थामा नेपाल प्रहरी, नेपाली सेना र सब डिभिजन वन कार्यालय कुश्मीशेराको सक्रियतामा नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले जानकारी दिए ।
“हामीले जङ्गलतर्फ भगाउनका लागि धेरै प्रयास गरिसक्यौँ, केही गर्दा चलेन” प्रहरी हबल्दार नवराज रिमालले भने, “चितुवा लठ्ठिएका अवस्थामा थियो, वनको अनुमतिमा नियन्त्रणमा लियौंँ ।” चितुवालाई आज सदरमुकाम बागलुङ बजारमा रहेको डिभिजन वन कार्यालयमा ल्याइँदै छ ।
“यहाँ ल्याएर चितुवाको अवस्था बुझ्छौं, समान्य अवस्था भए वनमा डाडिदिने हो, बिरामी भए उपचार गरेर छाड्छौंँ ” डिभिजन वन अधिकृत अधिकारीले भने, “असामान्य अवस्थामा रहेको खबर छ, पशु चिकित्सकको सहयोगमा उपचार हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार