ओलीको छुद्र बोली
कुसुम सेञ्चुरी
पुस २०, २०७७ सोमबार १९:५१:१९
२० पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीका पछिल्ला अभिव्यक्तिले अब संसदीय शासन प्रणालीलाई बिल्कुलै नस्वीकार्ने संकेत गरेको छ । हामीले अपनाएको शासन प्रणाली संसदीय सर्वाेच्चताको उपज हो, तर प्रधानमन्त्री ओली भने त्यही संसदकाे हुर्मत लिन उद्दत छन् ।
हिजाे मात्र उनले आफूनिकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा ओलीले भने– संसद कुहिएको खर भयो । घरको छत चुहिन थालेकाले मैले खरको छत नै फेर्ने निर्णय लिएँ । त्यही संसद सदस्यको नाताले प्रधानमन्त्री भएका ओली घर झगडा व्यवस्थापनमा चुके , तर उनले रिस र आबेगमा घरै भत्काइ दिएका छन् ।
आफ्नो कमजोरीले संसद नै विघटन गरेका ओली त्यसको बचाउमा कानूनी पक्ष भन्दा राजनीतिक पक्षलाई बढी जोड दिन्छन् । संसद विघटन गर्ने अधिकार संसदीय प्रणालीमा प्रधानमन्त्रीसँग हुन्छ । त्यो प्रधानमन्त्रीको विशिष्ठ अधिकार भएकाले भंग गरिदिए – उनले हिजो मात्रै सर्वाेच्च अदालतमा प्रत्युत्तर फिराउँदै भनेका छन् । नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार दिएको छैन । तर ओली त्यो मान्न तयार छैनन् । यो विषयमा उनी कसैको राय सुझाव लिनसमेत चाहँदैनन् ।
त्यसको छिनोफानो गर्ने थलो त फेरि पनि ओलीले भनेजस्तै जनता नै हो । त्यही जनमत बुझ्न उनले दिने गरेको चुनौती चानचुने छैन । तर ओलीले भनेजस्तै गरी संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार स्थापित भयो भने यो देशमा बर्सेनि चुनाव गर्नुपर्ने हुन सक्छ ।
उनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग रिस उठ्यो त्यो रिस साँध्न प्रतिनिधिसभा नै विघटन गरिदिए । किनभने यो राजनीतिक विषय हो भन्ने उनको ठहर छ । साथै, राजनीतिक विषयमा सर्वाेच्च अदालतले प्रवेश गर्नै नमिल्ने उनको तर्क रहेको छ । संविधानले ओलीलाई यो अधिकार दिएको छैन–संविधानविद्वहरु यसै भन्छन् । तर उनी आफ्नो दम्भ छाड्दैनन् । कसैले भन्दैमा ओलीले मान्ने कुरा भएन । बरु आफ्नो कुरा माथि पार्न उनी कानूनी भन्दा राजनीतिक मुद्धाकै सहारा लिन तयार छन् ।
संसद्लाई उनले जुन रुपमा विघटन गरे त्यसले अब ओलीको संसदीय व्यवस्थाप्रति नै कुनै मोह नरहेको संकेत गर्छ । किनभने संविधानले कुनैपनि दृष्टिले उनलाई विघटनको हक दिएकै छैन । उनी यो मामलामा पश्चगमनतर्फ लागेको देखिन्छ । संसद विघटनको विशेषाधिकार नेपाल अधिराज्यको संविधान , २०४७ ले चाहिं प्रधानमन्त्रीलाई दिएको छ । त्यही प्रावधान बमोजिम ओलीले विघटन गराएका छन् । त्यसैले ओलीका बारे टिप्पणी गर्दै एक कानूनविज्ञ भन्छन्– प्रधानमन्त्री २०७२ को संविधान बमोजिम भए, विघटन भने २०४७ को संविधानलाई टेकेर गरे ।
हिजो आज ओलीले गर्ने भाषण सुन्दा लाग्छ–सबै दोषको भारी संसदले नै लिनुपर्छ । किनभने उनलाई काम गर्न नदिनेहरुलाई तह लगाउने ठाउँ भनेकै संसद हो । पार्टीका नेताहरुले उनलाई काम गर्न बिघ्नवाधा हाले भनेर उनले संसद नै मारिदिए । हिजै उनी भन्दै थिए – अब मरेको संसद व्यूँताउन फेरि जादू गर्न लागेका छन् साथीहरु । उनले यसलाई त्रेतायुगमा पर्शुरामले आफ्नी मातालाई पुनर्जीवित गर्न पिता जम्दग्नीसँग बर पाएको कथा हाल्दै उनले भने अब त्यो संजीवनी बुटी छैन । मरेको संसद व्युँतिन सक्दैन् ।
पूर्व सहकर्मीहरुप्रति ओलीले गरेको कटाक्ष र टिप्पणीसमेत संसदीय आचरण विपरित देखिन थालेका छन् । ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालहरुप्रति कटाक्ष गर्दै श्रद्धाञ्जली दिन पनि नपाएको गुनासो गरेका छन् । यो त अशिष्टताको पराकाष्टा नै हो । तर ओलीको खरो टिप्पणीप्रति विरोधी नेताहरुले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । प्रचण्ड–माधव समूहको आज स्थायी कमिटी बैठक बस्दैछ । उक्त बैठकले कस्तो टिप्पणी गर्ला त्यो चाहिं कुर्नैपर्छ ।
पार्टी भित्रको बिग्रह झांग्गिन संसद नै प्रमख कारक रहेको बुझाई ओलीमा देखिएको छ । त्यसैले उनी भन्ने गर्छन्–त्यो कुहिएको चुहिएको छानो जस्तो संसद किन पो चाहियो र ? ओलीको यस्ता अभिव्यक्तिलाई सर्वसाधारणले कसरी लिएका होलान् ? त्यसको छिनोफानो गर्ने थलो त फेरि पनि ओलीले भनेजस्तै जनता नै हो । त्यही जनमत बुझ्न उनले दिने गरेको चुनौती चानचुने छैन । तर ओलीले भनेजस्तै गरी संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार स्थापित भयो भने यो देशमा बर्सेनि चुनाव गर्नुपर्ने हुन सक्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार