प्रचण्डले भेट्लान त भारतीय नेता ?
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २०:४१:५९
२० पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पत्नी सीताको उपचारका लागि भारतको मुम्बई उडेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रम पेचिलो छ, तर पत्नीको आग्रहमा उनी उपचारका लागि मुम्बई उडेका हुन् ।
उनको अनुपस्थितिमा पार्टीले सरकारविरोधी आन्दोलन चर्काउने निर्णयलाई अझै तीब्रता देला नै । तर प्रचण्डको भारत भ्रमण राजनीतिक रुपमा जोडिएला त ? धेरैले जिज्ञाशा राखेका छन् । प्रचण्ड निकट स्रोतले यो भ्रमण विशुद्ध रुपमा स्वास्थ उपचारसँग जोडिएको भनेपनि भारतीय नेताहरुसँग भेटघाट हुनसक्ने औंल्याएका छन् ।
आज मुम्बई पुगेर पत्नीको उपचारका लागि व्यवस्था गरेपछि भोलि नै प्रचण्ड नयाँ दिल्ली जाने तयारी रहेको स्रोतले बताएको छ । दिल्ली बसाईका क्रममा प्रचण्डले भारतीय नेताहरुसँग भेटघाट गर्ने बताइएको छ । तर प्रचण्ड निकट स्रोत भने स्वीकार्न तयार छैन । प्रचण्ड वुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार