थाहा पाई राख्नुपर्ने कुरा :- कति बेला नुहाउँदा राम्रो हुन्छ ?
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २१:२८:१६
२० पुष, काठमाडौं । कति बेला नुहाउँदा राम्रो होला, बिहान वा बेलुका ? पहिलो पटक सुन्दा यो निकै साधारण प्रश्न लाग्ला । तर जब तपाईं यो प्रश्न आफ्ना परिचितलाई सोध्नुहुन्छ, यसको भिन्न उत्तर पाउनुहोला । कतिले राती नुहाउनु राम्रो भन्लान् कतिले भने बिहान ।
नुहाउने समय स्थितिमा निर्भर हुन्छ । जस्तै तपाईंको छालाको प्रकार, तपाईंको कामको प्रकार र तपाईं कति प्रदुषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ । तपाईंले नुहाउने सही तरिकालाई यसरी छान्नुहोस् ।
तपाईंले बिहान नुहाउनुपर्छ
यदि तपाईंको छाला चिल्लो छ भनेः विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरुले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।
जो बिहान दाह्री काट्छन्ः
पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला वा नुहाइसकेपछि हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण जो पुरुष बिहान दाह्री काट्छनु भने उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।
जो चाँडै उठ्छन् :
जो व्यक्ति बिहान चाँडै उठ्छन्, उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ । तर स्नूज बटनको अत्यधिक प्रयोग गर्नेहरुका लागि यो आइडिया राम्रो होइन ।
यदि तपाईंलाई राती धेरै पसिना आउँछ भने :
जसलाई राती धेरै पसिना आउँछ भने तपाईंले बिहान नुहाउँदा राम्रो हुन्छ तर जसले राती सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरुले बिहान नुहाउन आवश्यक छैन ।
तपाईंले राती नुहाउनुपर्छ यदि :
थुप्रै मानिसलाई राती सुत्नुअघि नुहाउनु आरामदायी र सजिलो लाग्छ । यद्यपि, केही अनुसन्धानका अनुसार राती नुहाउनुको अर्थ तपाईंको शरीरको तापक्रममा परिवर्तन हुनसक्छ जसले प्राकृतिक लयमा बाधा पुर्याउन सक्छ, निन्द्रा कम लाग्न सक्छ । यदि यस्तो छ भने सुत्नु दुई घण्टाअघि नुहाउनुहोस् ।
यदि तपाईं मेकअप गर्नुहुन्छ :
यदि तपाईं सन स्क्रिन वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ, त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राती नुहाएर सुत्नुहुन्छ भने तपाईंको छाला राम्रोसँग सफा हुन्छ ।
धुँवा धुलोमा काम गर्ने :
यदि अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाईं लगातार धुलो, प्रदुषण वा किटाणु आदिको सम्पर्कमा रहनुहुन्छ त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार