उपप्रमुख तिवारीद्धारा नव उद्यमीहरुलाई कृषि औजार हस्तान्तरण
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २१:५०:०
२० पुष, वालिङ । वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नव उद्यमीहरुलाई कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडीपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका कोभिड प्रभावित कृषकहरुलाई टनेल,भ¥याङ, सिकेचर र करौती लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
कृषि औजारहरु हस्तान्तरण गर्दै नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बृद्धि गराउने उद्देश्यले कषि औजार तथा सामाग्रीहरु बितरण गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पुर्याउन सामाग्री बितरण गरिएको हो ।’
नगरउपप्रमुख तिवारीले निशुल्क रुपमा प्राप्त भएका समाग्रीहरुको सदुपयोग गरि आर्थिक बृद्धि गर्न कृषकहरुलाई सुझाव दिइन् । उत्पादन बढेको देख्न पाईयोस् भन्दै उपप्रमुख तिवारीले अरुलाई पनि हौसला मिल्ने गरी काम गर्न आग्रह गरिन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाई सहयोग गर्न र उनीहरुलाई आर्थिक रुपममा सबल बनाउनको लागि नगरपालिका सदैव कृषकको साथमा छ भन्ने बुझ्न पनि आग्रह गरे । उनले नगरपालिकाको समग्र आर्थिक बृद्धिका लागि बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको जानकारी दिए ।
परियोजना अन्तरगत कोभिड प्रभावित कृषकहरुलाई उनीहरु कै मागका आधारमा बिभिन्न सामाग्रीहरु प्रदान गरिदै आएको दियालो युएनडीपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए । उनले कृषक तथा नवउद्यमीको मागका आधारमा बिभिन्न प्रकृतिका सीपमूलक तालिमहरु सञ्चालन भईरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार