ओली अश्लील गाली गलौजमा उत्रिए : योगेश भट्टराई
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २२:७:५७
२० पुष, काठमाडौं । सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति अश्लील भएको टिप्पणी गरेका छन् । सोमबार चितवनको भरतपुरमा आयोजित अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीले अशिष्टता प्रदर्शन गर्न थालेको बताएका हुन् ।
आइतबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै जिउँदै नेताहरुलाई शहिद भन्दै श्रद्धाञ्जली दिन हुन्थ्यो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति अशिष्ट गालीगलौजपूर्ण र अमानवीय रहेको भट्टराईको आरोप छ । अर्को प्रसंगमा उनले संविधानमा हुँदै नभएको व्यवस्थालाई आधार मानेर सरकारले संसद विघटन गरेको बताए । उनले सडक प्रदर्शनकै बलमा संसद पुनःस्थापना हुने पनि बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार