कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार २:१:५२
२० पुष, काठमाडौं । राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध रु ६५ करोड २८ लाख ५२ हजार ३८२ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै आज उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
आरकेएम टे«डिङलगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको अनुसन्धानबाट पाइएको विभागले जनाएको छ । उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७३/७४ देखि आव २०७५÷७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजश्व चुहावट गरेको पाइएको छ ।
भ्याटतर्फ रु २२ करोड ४९ लाख ६९ हजार ८०१ र आयकरतर्फ रु ३७ करोड ५८ लाख ३६ हजार ८८९ र लाभांश रु पाँच करोड २० लाख ४५ हजार ६९२ बराबरको चुहावट गरेको पाइएको छ । विभागले बिगोबमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार