पेलेपछि सर्वाधिक धेरै गोल गर्ने खेलाडी बने रोनाल्डो
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार २:२०:२७
२० पुष, काठमाडौं । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान भङ्ग गरेका छन् । आइतबार राति उडिनेसविरुद्ध दुई गोल गरेका पोर्चुगिज स्टार रोनाल्डो पेलेको रेकर्ड तोड्दै फुटबल इतिहासमा सर्वाधिक धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् ।
युभेन्टसले गए राति सन् २०२१ को पहिलो खेलमा शानदार जित निकालेको थियो । सिरी ‘ए’अन्तर्गत साविक विजेता युभेन्टसले उडिनेसमाथि ४–१ गोलको जित निकालेको हो ।
युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन रोनाल्डोले दुई गोल गरे भने फेडेरिको चिसा र पाउलो डेबालाले एक–एक गोल गरे । रोनाल्डोले दुई गोलसँगै करिअरकै गोल सङ्ख्या ७ सय ५८ पुर्याए । उनले सात सय ५७ गोल गरेका पेलेको कीर्तिमान भङ्ग गरे । पेले सन् १९५६ देखि १९७७ सम्म खेल्दा सात सय ५७ गोल गरेर दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए ।
यता, सन् २००२ मा स्पोर्टिङ लिस्बोनबाट खेल्न थालेका रोनाल्डोले चार सय ३१ खेल खेल्दा छ सय ५८ गोल गरेका हुन् । ३५ वर्षीय रोनाल्डोले स्पेनमा छँदा चार सय ३८ खेल खेल्दा चार सय ५० गोल गरेका थिए ।
यस्तै रोनाल्डोले पोर्चुगलका लागि एक सय २० खेल खेल्दा एक सय दुई गोल गरेका छन् । त्यसबाहेक रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एक सय १८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका छन् ।
फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने चेक रिपब्लिकका जोसेफ बिस्क्यान हुन् । उनले सात सय ५९ गोल गरेका छन् । बिस्क्यानले सन् १९३१ देसख १९५५ सम्म खेलेका थिए ।
हालै मात्र बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पेलेको एउटै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान भङ्ग गरेका थिए । उनले बार्सिलोनाका लागि छ सय ४४ गोल गर्दै पेलेले सान्टोसमा रहँदा बनाएको छ सय ४३ गोलको कीर्तमान तोडेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार