हुस्सुले विमानस्थल ठप्प, उडान प्रभावित !
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार १७:२१:३५
२१ पुष, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोले गर्दा आन्तरिक हवाई उडान प्रभावित भएको छ । बाक्लो तुँवालो र हुस्सुले गर्दा मंगलबार विहान तराईका तीन वटा विमानस्थल ठप्प बनेका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रबन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान अवतरण ठप्प छ । अन्य विमानस्थलमा भने उडान–अवतरण भइरहेको छ ।
काठमाडौं विमानस्थलमा भने सोमबार र मंगलबार साविकमा जस्तै उडान अवतरण छ । काठमाडौंमा सामान्यतया १ हजार मिटरसम्म भिजिबिलिटी भए उडान–अवतरण हुन्छ ।
मंगलबार ४ हजार मिटरसम्मको भिजिविलिटी रहेका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान–अवतरणमा समस्या थिएन । अन्तर्राष्ट्रिय उडान समेत भइरहेका छन् ।
मंगलबार हङकङबाट नेपाल एयरलाइन्स, दोहाबाट कतार एयरवेज, दुबईबाट नेपाल एयरलाइन्स, दिल्लीबाट एयर इण्डिया, दमामबाट हिमालय एयरलाइन्स र दोहाबाट आएको नेपाल एयरलाइन्सका जहाज अवतरण गरिसकेका छन् ।
तर काठमाडौं उपत्यका बाहिरका विमानस्थलमा भने हुस्सुका कारण उडान अवतरण प्रभावित छ । यसअघि हिजो हिमपातका कारण जुम्ला र हुम्लाको विमानस्थल ठप्प भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार