६ महिनादेखि बाढीपीडितको त्रिपालमुनि बास
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार १७:५१:२१
२१ पुष, सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेका बाढीपीडित छ महिनादेखि त्रिपालमुनि बास बस्दै आएका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–४ उत्तिसेनीका २४ दलित घरपरिवारलाई चिसो मौसममा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको छ ।
गत साउन ३० मा आएको बाढीपहिराबाट विस्थापित भएका उत्तिसेनीका २४ घरधुरीका वासिन्दाले उचित वसोवासका लागि आग्रह गर्दै आए पनि सम्बन्धित निकायबाट चासो नदेखाउँदा हिउँद्को यो कठ्याङ्ग्रिदो चिसोमा पनि त्रिपालमुनिको बास बस्नु परेको गुनासो गरेका छन् ।
बाढीपहिराले ओत लाग्ने घर र जायजेथा बगाएपछि उनीहरुले त्रिपालको सहारा लिनुपरेको हो । विस्थापित सबै दलित घरपरिवारका वासिन्दा हुन् । सम्पत्तिको नाममा रहेको घरटहरा गत साउनको बाढी पहिराले बगाएपछि आर्थिक अवस्था कमजोर हुँदा नयाँ घर बनाउन नसकेर त्रिपालको साहरा लिनु परेको स्थानीयवासी सर्पला सार्कीले गुनासो गरे ।
उनी भन्छन्, “यो वर्ष कोरोना सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीका कारण ज्याला मजदूरी गर्न नपाउँदा घरपरिवार पाल्नसमेत समस्या बनाएको छ ।” कमाएर ल्याएको पैसाले घर निर्माण गर्ने सोचाइमा रहेका उनी काम गर्न नपाएपछि परिवारको पेट पाल्न नै धौधौ भएकाले घर बनाउन नसक्दा त्रिपालमुनि बस्नु परेको बताउँछन् ।
उनी भन्छन्, ‘‘विपद् र महामारीले पनि हामी गरीबलाई नै बढी मर्का पर्ने रहेछ ।” बाढीपहिरो गएको समयमा पीडितलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्था, प्रदेश सरकार तथा स्थानीय सरकारले राहतको लागि ठूलो आश देखाए पनि कार्यान्वयन हुन नसकेको अर्का स्थानीयवासी मोहन रम्तेलले गुनासो गरे ।
अझैसम्म बाढीपीडितमा अनुदान रकम भने पुग्न सकेको छैन । लामो समय बितिसक्दा पनि सरकारबाट केही सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ । ‘‘सरकारले सहयोग गर्छु भनेर आश मात्रै देखाएको रहेछ, विभिन्न सङ्घसंस्था गरेको थोरबहुत सहयोगले जेनतेन परिवार पाल्ने गरेका छौँ’’, उनले भने ।
बाढी पहिरोबाट घरबारविहीन बनेको अवस्थामा ओत लाग्न विभिन्न निकायबाट उपलब्ध गराइएका त्रिपाल पनि प्वाल परेका छन् । नवज्योति समाज संस्था र बृद्धिस्ट फाउण्डेसनले हालै एक÷एक वटा पाल निःशुल्क वितरण गरेपछि केही सजिलो भएको उनीहरु बताउँछन् ।
पालमुनि निकै कष्टकर जीवनयापन गरिरहेका ती २४ परिवारलाई पाल वितरण गरिएको नवज्योति समाज संस्थाका अध्यक्ष ठिन्ले दोर्जे लामाले जानकारी दिए । बाढीपीडितको अवस्था निकै दयनीय रहेको उनले बताए ।
यसैबीच जिल्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–६ का बाढीपीडितलाई पनि राहत वितरण गरिएको छ । नवज्योति समाज संस्था र बुद्धिष्ट फाउण्डेसनको साझेदारीमा यहाँका ३३ परिवारलाई चामल सहयोग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार