फोहरको आगलागीले प्रदूषण फैलिँदै
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार १८:१०:४०
२१ पुष, म्याग्दी। म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहर व्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठूलो पहिरामा जम्मा गरिएको फोहरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदूषण फैलिएको छ । गत शनिबारदेखि फोहरमा आगलागी भएपछि फोहरको दुर्गन्धयुक्त धुवाँले आसपासका बजार र बस्तीमा प्रदूषण फैलिएको हो ।
लगातार फोहरको आगलागीको धुवाँले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड हुँदै आवतजावत गर्ने नागरिकसँगै जिल्लाको राउवडा र गलेश्वर तथा पर्वतको बगरफाँटलगायतका क्षेत्रका नागरिकले तत्काल आगलागी भएको फोहरको आगो नियन्त्रण लिन ध्यानाकर्षण गराए पनि नियन्त्रणको कुनै काम भएको छैन ।
जलजला गाउँपालिका वडा नं २ र ३ बौरका स्थानीयवासीले फोहरको धुवाँले प्रदूषण फैलिएको तथा यसले ज्येष्ठ नागरिक र बालबालिकालाई अझ बढी प्रभावित बनाएको भन्दै तत्काल आगलागीलाई नियन्त्रण गरी प्रदूषण फैलनबाट रोक्न माग गरेका छन् । बगरफाँटका युवा विज्ञान शर्माले अवैज्ञानिक तवरले गरिएको फोहर व्यवस्थापनको कार्यलाई रोक्न नगरपालिकाले तत्कालै ध्यान दिनुपर्ने बताउए ।
पवित्र कालीगण्डकी नदीको किनारमा अवैज्ञानिक तवरले फोहर विसर्जन गर्ने कार्यले लामो समयदेखि आसपासका बासिन्दाले समस्या झेल्नुपरेको स्थानीयवासी हीरा बरुवालको भनाइ छ । ‘‘यो आजको मात्रै समस्या होइन, दशकौँदेखिको समस्या हो, फोहरको धुवाँले स्वासप्रश्वासमासमेत समस्या बढाएको छ’’, बरुवालले भने ।
यता बेनी नगरपालिकाले फोहर व्यवस्थापन केन्द्र परिसरमा थुपारिएको फोहरमा बाहिरका व्यक्तिले आगलागी गराउँदा प्रदूषण फैलाएको जनाएको छ । दुई वर्षदेखि ठूलो पहिराको फोहर व्यवस्थापन केन्द्रमा थुपारिएको फोहरमा आगो लगाएर जलाउने कार्य रोकेर फोहरको वर्गीकरण गरी व्यवस्थापन गरिँदै आएको नगरपालिकाले बताएको छ ।
सङ्कलन केन्द्रको बाहिर थुपारेर राखेको फोहरको थुप्रो नजिकै एक व्यवसायीले आफ्ना म्याद नाघेका सामग्री जलाएको र सोही आगो फोहरमा सल्किएकाले प्रहरी प्रशासनको सहकार्यमा आगो लगाउने व्यक्तिको खोजी थालिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।
उनका अुनसार दमकलको सहायताले पानी हालेर फोहरमा लागेको आगोलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ भने दीर्घकालीन रुपमा फोहरमा आगलागी भएमा कालीगण्डकी नदीको पानीलाई उपयोग गरी तत्काल आगो नियन्त्रण गर्न मोटर जडान गर्ने तयारी गरिएको छ ।
नगरपालिकासँग सम्झौता गरी फोहर व्यवस्थापन गर्दै आएको मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालिले पुनःप्रयोग हुने सामान, कुहिने र नकुहिने सामग्रीको वर्गीकरण गरेर फोहरलाई नगदमा रुपान्तरण गर्दै आएको थियो । प्रालिले केन्द्रदेखि बाहिर सडकसम्मै थुप्रो बनाएर फोहर थुपार्ने कार्यलाई भने सुधार गर्न सकेको छैन् । नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले फोहर व्यवस्थापन केन्द्रको निरीक्षण गरी तत्काल फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न सो कम्पनीलाई निर्देशन समेत दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार