बदाम जाडो महिनाको सबैभन्दा लोकप्रिय टाइमपास !
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार १९:२०:५१
२१ पुष, काठमाडाैं । धेरैले जाडोको समयमा घाममा बसेर बदाम खानमा रमाइलो मान्ने गर्छन् । बदाम जाडो महिनाको सबैभन्दा लोकप्रिय ‘टाइमपास’ हो । बजारमा निकै सजिलै पाइने बदाममा भिटामिन, मिनरल्स, न्यूट्रियन्ट्स र एन्टिअक्सिडेन्ट हुन्छ जसले शरिरलाई स्वस्थ राख्नुका साथै तपाईंलाई सधैं ऊर्जावान् बनाउँछ । धेरै मानिसले बदाम खाने गरे पनि यसका फाइदाका बारेमा खासै जानकार भने हुँदैनन् ।
नियमित बदाम खाँदा स्वास्थ्यलाई फाइदा
१) नियमित बदाम खाँदा हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ। बदाममा हुने ‘एन्टी अक्सिडियन्ट’ र खनिज तत्वले स्वास्थ्यलाई फाइदा पुर्याउँछ । मुटुरोगीका लागि बदाम एकदमै फाइदाजनक हुन्छ।
२) बदामको नियमित सेवनले क्यान्सरजस्तो घातक रोगबाट पनि बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्नका साथै क्यान्सर हुनबाट जोगाउँछ ।
३) बदामले मधुमेहबाट पनि जोगाउन मद्दत गर्छ । बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ ।
४) बदाममा ‘ट्राइपटोफन’ नामक तत्व पाइन्छ जसले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनावबाट मुक्त हुनका लागि दैनिक एक मुठी बदाम खाँदा डिप्रेसनबाट बचाउँछ।
५) बदाम खाँदा पेट छिट्टो डुम्म हुन्छ । जसले गर्दा धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल कम हुने सम्भावना हुन्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ ।
६) बदाममा पाइने‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
७) बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ ।
८) नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन । साथै बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार