के तपाई बिना काम घर बाहिर निस्कदै हुनुहुन्छ ? होशियार !
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार २१:५०:४
२१ पुष, काठमाडौं । ललितपुरको बखुन्डोलबाट बानेश्वर जान हिडेकी सरस्वती सुनार सफा टेम्फो चढ्न करिब १०-१५ मिनेट कुरेर बसेकी थिइन । उनी टेम्फोको पर्खाइमा रहँदा उनको आँखा एकाएक पोल्या, उनले चारैतिर हेरिन । साँझको करिब पौने ६ भएको थियो । तर उनलाई अनुभव भयो कि ? आज चिसो धेरै रैछ बाहिर अनि रात नि छिट्टै परेको रैछ ।
यो कुरा सोमबार साँझको हो । उनको पर्खाइपछि सफा टेम्फो आइपुग्यो र उनी बानेश्वरतिर लागिन । अनि त्यहाँ पुग्दा नि उनले आँखा पोलेको थाहा पाइन । आकाश पुरै कतै आगो लागेपछि धुवाले भरिएकोको जस्तो देखिरहेको थियो । तर उनलाई वायु प्रदुषण भएको थाहा भएन । उनी सरासर घरतिर लागिन त्यहाबाट । उनी त एक प्रतिनिधि पात्र मात्र थिइन । तर तपाई बिना काम घर बाहिर निस्कदै हुनुन्छ भने होशियार !काठमाडौं उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ ।
मंगलबार आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ । आईक्यूएयरका अनुसार नेपालको वायु प्रदूषणको तह ४८८ पुगेको जनाए पनि वातावरण विभागले काठमाडौं उपत्यकाको आजको वायुप्रदूषण अहिलेसम्मकै बढी भए पनि सूचाकाङ्क ३०० पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएकाे छ ।
अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १९० मा सिमित हुने थियो । यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भिर असर पार्न सक्ने अनुमान गरिएकाे छ । उपत्यकासँगै तराई क्षेत्रका वायु गुणस्तर सूचाकाङ्कमा अझ वृद्धि भएको छ । काठमाडौं उपत्यका कचैरा आकारको भएकाले यहाँ भित्र भएका प्रदूषित वायु तल्लो तहबाट वायुमण्डलको उपल्लो तहमा उड्न नपाएकाले उपत्यकाको वातावरण प्रदूषित भएको बताइएकाे छ ।
उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारीसाधन नचलाउन समेत आग्रह गरिएकाे छ । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवाले वातावरणलाई दूषित बनाएको हाे । जाडो याममा इँटा उद्योगहरुले इँटा पोल्ने गर्छन् ।
तेसाे त वायुप्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर नै पर्छ । तर, कोरोना भाइरस कोभिड—१९ संक्रमित बिरामीलाई वायुप्रदूषणले झनै नकारात्मक प्रभाव पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । वायुप्रदूषणले विश्वमा कोभिड संक्रमितको मृत्युदर ३ प्रतिशतले बढाउने सहयोग गरेको अध्ययनहरुले देखाएको छ । वायुप्रदूषणले सिधै श्वासप्रश्वास प्रक्रियामा असर गर्ने भएकाले स्वास्थ्य गम्भीर समस्या निम्ताउन सक्ने बताइएकाे छ ।
वायुप्रदूषणले कोभिड संक्रमित बिरामीलाई थप क्षति पु¥याउन सक्ने भएकाले उपत्यकाको वातावरण प्रदुषणमय हुँदा चिन्ताको विषय बनेको छ । उपत्यको वातावरण धुँवामय भएका बेला सकेसम्म विनाकाम घरबाहिर ननिस्कन अपिल गरिएकाे छ । काठमाडौं उपत्यकाको प्रदूषित वातावरणमा यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग, चस्माको प्रयोग गर्न आग्रह गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार