मंगलबार , माघ १३, २०७७

बच्चाहरुको जिद्दी सुधार्ने चार उपाय

बच्चाहरुको जिद्दी सुधार्ने चार उपाय

२१ पुष, काठमाडाैं । हरेक अभिभावकहरूले आफ्नो सन्तानको खुशीका लागि कैयौं त्यागहरू गरिरहेकै हुन्छन् । चाहे त्याे ठुलो होस् वा सानो नै किन नहोस् । आफ्नो सन्तानलाई खुशी राख्न उनीहरूका हरेक हठहरुलाई पुरा गर्दछन् ।  तर अभिभावकको त्यहि त्यागलाई लिएर बच्चाहरू जिद्दी हुने गर्दछन् । उनीहरूको यहि जिद्दीपन पछि गएर स्वभाव बनिदिन्छ र बच्चाहरू अभिभावकको नियन्त्रणमा आउँदैनन् ।

यस्ता छन्, जिद्दीपन हटाउने चार उपाय !

१.बच्चाहरुलाई कराउने / पिट्ने गर्नु हुँदैन् । कैयौं पटक अभिभावकहरू सन्तानको जिद्दीलाई पुरा गर्न नचाहे वा नसके उनीहरूलाई कराउने र पिट्ने गर्दछन् । तर कराउँदा वा पिट्दा उनीहरूको हठ केहीबेर शान्त त होला तर यसमा सुधार भने आउन सक्दैन ।

कराउने/पिट्ने गर्नाले बालबालिकको मानसिकतामा असर पर्दछ । साथै कतिपय अवस्थामा डिप्रेशन समेत हुनसक्छ । जसले गर्दा उनीहरूको मनोबल घट्ने गर्दछ र कुनै पनि काम गर्नु पुर्व उनीहरू डराउने गर्दछन् । तसर्थ बालबालिकाको हठ पुरा गर्न नचाहदाँँ उनीहरूलाई कराउनुको सट्टा सम्झाउने गर्नुहोस् ।

२. बालबच्चाहरुको हरेक हठलाई पुरा गर्ने नगर्नुहोस् । यदि तपाईंको बच्चा कुनै हठ गर्छ भने त्यसलाई तत्काल पुरा नगर्नुहोस् । जस्तै खाना खाए लगत्तै बच्चाले चकलेट वा कुनै सामाग्री मागेमा उसको डिमाण्डलाई बेवास्ता गर्नुहोस् । यसो गर्नाले बच्चाले बिस्तारै बिस्तारै आफ्नो माग भुलेर जान्छ ।

३.कतिपय बच्चाहरू नकराउने वा नपिट्ने अभिभावकको रिस वा सुझावलाई ठट्टामा लिने गर्दछन् । यदि यस्तो भएम वा तपाईंलाई बच्चाले धेरै दुखः दिएमा यसलाई वेवास्ता गर्नुहोस् । तर यदि उसमा सुधार नआएमा चेतावनी दिनुहोस् ।

४. यदि बच्चाले कुनै कुरामा जिद्दी गरिरहेको छ भने त्यसको सट्टामा अर्काे कुनै वस्तुमा भुलाउने प्रयास गर्नुहोस् । मानौं, तपाईंको बच्चाले नयाँ खेलौना मागिरहेको छ भने उसलाई पुरानो खेलौना दिएर भुलाउने गर्नुहोस् । यो नियम हरेक उमेरको बच्चामा लागु हुने गर्दछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय