
२१ पुष, काठमाडौं । ८ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको आज मुल्य समायोजन पश्चात पहिलो दिन कारोबार मुल्य १.४ प्रतिशतले घटेको छ ।
कुल २४ वटा कारोबार भएको कम्पनीको ३४२० कित्ता शेयर कुल रु ६ लाख ६८ हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
कम्पनीको अघिल्लो कारोबार २०८ रुपैयाँलाई आधार मान्दै नेप्सेले आज १९३ रुपैयाँमा शेयर मुल्य समायोजन गरी कारोबारका लागि खुल्ला गरेको थियो ।
पहिलो कारोबार २०० कित्ता ब्रोकर नं. २९ बाट बिक्री भई ब्रोकर नं. ५० बाट १९६ रुपैयाँमा खरिद भएको थियो भने अन्तिम कारोबार २० कित्ता ब्रोकर नं. ५७ बाट बिक्री भई ब्रोकर नं. ४५ बाट १९१ रुपैयाँमा खरिद भएर आजको कारोबार बन्द भएको छ ।
आज कम्पनीको शेयर मुल्य घटेको कारण शेयर किन्नेहरु आक्रामक बनेका छन् । कम्पनीले पुष २८ गते वार्षिक साधारण सभाका लागि आज बुक क्लोज गरेको हो । कम्पनीले यसै आर्थिक वर्ष प्रस्ताव गरेको बोनसमा लाग्ने कर प्रयोजनका लागि ३.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट