एकै दिन सेञ्चुरी बैंकले खाेल्याे नयाँ ७ वटा शाखा
नेपालबहस संवाददाता
पुस २१, २०७७ बुधबार १:२१:५२
२१ पुष, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज ७ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । कोरोना महामारीकाबीच उक्त शखाहरुको भर्चुअल उद्घाटन भएको छ ।
बैंकको ७ वटा नयाँ शाखाहरुमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठ, मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधान, ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
त्यस्तै काठमाडौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्य, काठमाडौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवाल, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपाने र काठमाडौं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठले भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन गरेको थिए । उक्त उद्घाटन समारोहमा बैंकका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो ।
आज ७ शाखा भर्चुअल उद्घाटनमार्फत थपिए सँगै बैंकको शाखा संजाल १२० पुगेको छ । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रू ८२.४२ अर्व र कर्जा रकम रू ६६.९३ अर्व परिचालन गरी रू २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार
प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार