टोखाले तीन हजारको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्ने
नेपालबहस संवाददाता
पुस २१, २०७७ बुधबार २:९:४२
२१ पुष, काठमाडौं । टोखा नगरपालिकाले तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा आगामी हप्ता तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीसँग बसेको बैठकले आगामी आइतबारदेखि ‘एन्टीजिन परीक्षण’ शुरु गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । बढी भीडभाड हुने क्षेत्रमा गर्न लागिएको परीक्षणको नतिजा आधा घण्टाभित्रै आउनेछ ।
एकैपटक ५०० भन्दा बढी व्यक्तिलाई ‘एन्टीजिन परीक्षण’ गर्न सकिने नगरपालिकाले जनाएको छ । ‘एन्टीजिन परीक्षण’का लागि पनि कोभिड–१९ को परीक्षण जस्तै स्वाब सङ्कलन गरिने प्रवक्ता बस्यालले बताए ।
‘एन्टीजिन परिक्षण’ कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर परीक्षणभन्दा सस्तो हुने नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाले हालसम्म ६ हजार ७२२ जनाको कोभिड–१९ को परीक्षण सम्पन्न गरिसकेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। काठमाडौं महानगरपछि सबैभन्दा धेरै संक्रमित टोखामा रहेका छन् ।
उक्त नगरपालिकामा हालसम्म तीन हजार ७५२ संक्रमित भइसकेका छन् । सङ्क्रमितमध्ये ९७।२८ प्रतिशत निको भएको टोखा नगरपालिकाले जनाएको छ । यस्तै टोखामा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै टोखामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि ५४ श्यया छुट्याएर कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको छ । जसमा हालसम्म ४२३ सङ्क्रमितले उपचार पाइसकेको अस्पतालका सहनिर्देशक डा विनोद बिजुक्छेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
उच्च अदालतले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार