पीबीएस आइटी करियर कन्क्लेभको अन्तिम तयारी जारी
नेपालबहस संवाददाता
पुस २१, २०७७ बुधबार २:३६:५५
२१ पुष, काठमाडौं । प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी शनिवार र आइतबार ‘पीबीएस आइटी करियर कन्क्लेभ’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुष २५ र २६ गते (जनवरी ९ र १० तारिख) आयोजना हुने २ दिने कन्क्लेभमा २० जनाभन्दा बढि विज्ञहरुले विविध विषयमा आफ्नाे धारणा राख्ने छन् ।
सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार नै परिवर्तन हुदै गइरहेको छ । अबको शिक्षा र व्यवसायीक करियरमा पनि सूचना प्रविधि अपरिहार्य झै बनिरहेको छ । पछिल्लो समय विश्वमा देखिएको कोरोना भाईरसको संत्रासले हामीलाई अझ प्रविधिसँग नजिक बनाइरहेको छ । नेपालमा पनि कोरोना भाईरसको प्रकोपका कारण दैनीक जीवन सुचारु गर्न र सहजताको लागि सूचना प्रविधिको प्रयोग र उपयोगिातमा व्यापक रुपमा भइरहेको छ ।
अबको १० वर्षमा सञ्चार तथा प्रविधि गर्दा हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ ? इमर्जिङ प्रविधि सँग–सँगै हामी कसरी अगाडी बढ्छौं ? इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलताको अवस्था कस्तो रहन्छ ? भन्ने सन्दर्भमा कार्यक्रम केन्द्रित रहने जनाइएको छ ।
२ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न ५ विषयमा सेसनहरु सञ्चालन हुनेछन । कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप’ विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ । त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इन्नोभेसन ल्याब म्यानेजर पारस डोटेलले जानकारी दिए ।
त्यसैगरी कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु ‘कि नोट स्पिकर’ को रुपमा पनि रहने छन् ।
प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गनमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रममा आमन्त्रित अतिथी र पञकारहरु प्रत्यक्ष उपस्थित हुन सक्ने व्यवस्था मिलाईएको छ भने अन्य सहभागिले जुम मार्फत सहभागी जनाउनुपर्नेछ ।
अन्तराष्ट्रिय स्तरमा रहेका केहि वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसरनमा सहभागि हुनुहुनेछ । कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाईन मार्फत नाम दर्ता गर्नुपर्नेछ । सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनान खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपुर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए ।
प्रेसिडेन्सियल विजनेशले स्कुल विगत एक दशकदेखि अमेरिकन विश्वविद्यालय सँगको पाटनरसिपमा विजनेश डिग्रीहरु बीबीए र एमबीए सञ्चालन गर्दै आइरहेको छ । प्रेसिडेन्सियल विजनेशले स्कुलले स्कुल अफ टेक्नोलाजी अन्तरगत नेपालमा नै पहिलोपटक अमेरिकन विश्वविद्यालयकै पाटनरसिपमा यसै वर्षदेखि ब्याच्लर बीएससी आईटी र मास्टर्समा एमएससी आईटी प्रोग्रामहरु सञ्चालन गर्न लागिरहेको छ । व्यवसायीक र समयअनुकुल शिक्षामा जोड दिदै आएको कलेजले विभिन्न सेमिनार, कन्फ्रेन्सहरु पनि आयोजना गर्दै आइरहेको छ । कलेजले इन्नोभेसन तथा उद्यमशिलताको विकासका लागि कलेजमा इन्नोभेसन सेन्टरको पनि स्थापना गरिएको प्रेसिडेन्सियल विजनेश स्कुल, इन्नोभेसन ल्याब म्यानेजर, कार्यक्रम संयोजक पारस डोटेलले नेपालबहस डटकमलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार