सच्चिएन संवैधानिक इजलाश
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार १७:४७:३
२२ पुष, काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणाले आजबाट सुरु हुने संवैधानिक इजलाशका सदस्य फेर्ने सम्भावना अबलाई टरेको छ । किनभने उनले पुरानै टिमका साथ प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाई थालेका छन् । खासगरी हरिकृष्ण कार्कीको सन्दर्भमा निष्पक्षताको सवाल खडा गरिएकाले प्रधानन्यायधीशले उनको ठाउँमा वरिष्ठ मध्येका एकजना राख्ने अनुमान न्यायिक वृत्तमा गरिएको थियो । तर आज सुनुवाईका लागि पुरानै टिमका साथ प्रधानन्यायधीश अग्रसर भएकाले अब आशंकाको सम्भावना उत्तिकै रहेको छ ।
गएको पुष ५ गते प्रधानमन्त्री केपी ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गराएको आरोप आम रुपमा लगाइएको छ । उक्त सन्दर्भमा न्यायिक निरुपणका लागि सर्वाेच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । जसको प्रारम्भिक सुनुवाईसमेत प्रधानन्यायधीश स्वयंले गरेका थिए ।
उनले सबै रिटलाई एकैथलोमा राखी सुनुवाई गर्न संवैधानिक इजलाशमा पठाउने आदेश गरेका थिए । सोही बमोजिम गठित इजलाशले आजबाट यो रिटको सुनुवाई गर्दैछ । तर इजलाश गठन प्रकृया भने विवादित बन्न पुगेको छ । प्रधानन्यायधीशले इजलाश गठन गर्दा हचुवाका भरमा गरेको आरोप छ । उनले वरिष्ठता र विषय विज्ञलाई पन्छाएर न्यायधीश छानेको आरोप लागेको छ ।
प्रधानन्यायधीश राणाको नेतृत्वमा गठित संवैधानिक इजलाशमा वरिष्ठ न्यायधीशहरु परेका छैनन् । साथै, विषय विज्ञलाई समेत पन्छाएर इजलाश गठन गरिएको देखिन्छ । अहिले गठित इजलाशमा परेका हरिकृष्ण कार्की चौथो मर्यादाका हुन् । उनीभन्दा वरिष्ठ दुईजनालाई भने इजलाशमा राखिएको छैन । यस्तै संविधान विज्ञका रुपमा चिनिएका इश्वर खतिवडा र आनन्दमोहन भट्टराईलाई इजलाशमा समावेश गराइएको छैन ।
यस्तै कार्की प्रधानमन्त्री ओलीको पहिलो कार्यकालका महान्यायधीवक्ता हुन् । ओलीले नै उनलाई सर्वाेच्च अदालतको न्यायधीशमा पनि सिफारिश गराएका थिए । यस्तै कार्कीको पृष्ठभूमि वर्तमान महान्यायधिवक्ता अग्नि खरेलको ल फर्म पार्टनर समेत हो । त्यसैले स्वार्थ बाझिन सक्ने भन्दै आलोचना भएको थियो । साथै, विघटनजस्तो गहन विषयमा व्याख्या गर्दा वृहत्त इजलाश नै उचित हुने भन्दै कानून व्यवसायीहरुले आवाज उठाइरहेको अवस्था छ । त्यसैले पनि प्रधानन्यायधीश राणाले यसबारे सुनुवाई गर्ने आम अपेक्षा थियो । तर आज सार्वजनिक गरिएको इजलाश पुरानै देखिएकाले धेरै विषयमा आशंका गर्ने अवस्था कायमै रहेको एकजना कानून व्यवसायीले बताएका छन् ।
प्रधानन्यायधीशले यसमा करेक्सन गरेको भए राम्रो सन्देश जाने थियो , तर उनले त्यो गर्न उचित ठानेनन् जसले गर्दा आशंकाको सम्भावना अझै चुलिएको छ – उनले भने । प्रधानन्यायधीश राणको अध्यक्षतामा गठित संवैधानिक इजलाशमा सदस्यहरु कार्कीका अलावा विश्वम्भरमान श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार