नहुने चुनाव भन्दा आन्दोलन नै ठीक
कुसुम सेञ्चुरी
पुस २२, २०७७ बुधबार १९:०:३७
२२ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओली निकट कतिपय नेतालाई नै लाग्दैन – आगामी वैशाखमा आम निर्वाचन हुन्छ भन्ने । तर राजनीतिक मुद्धामा ओलीलाई साथ दिन वाध्य उनीहरु बाहिर बोल्छन् बैशाखमा चुनाव हुन्छ, तयार बसौं । प्रतिनिधिसभामा झण्डै दुई तिहाई समर्थन प्राप्त प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेको सिफारिश संवैधानिक रहेको तर्क गरेपनि उनीहरु भित्रैबाट भन्नुपर्दा चुनाव गर्नका लागि यो विघटन गरिएकै होइन भन्नेमा ढुक्क छन् ।
किनभने यथास्थितिमा चुनावमा जानु भनेको आफ्नै खुट्टामा बञ्चरो बजार्नु जस्तै हो भन्ने बुझाई ओली स्वयंलाई थाहा छ । उनले यस्तो कदम किन उठाए त भन्दा मरेपछि डूमै राजा को नियति भोग्न उनी तयार देखिए । ओलीलाई लागेको छ – अहिले प्राप्त प्रचण्ड बहुमत मेरै नाममा आएको हो । जनताले मलाई नै पाँच वर्ष प्रधानमन्त्री बन्न यो जनमत दिएका हुन् । तर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले आफूलाई खाइटिक्नै नदिने अवस्था आएकाले वाध्य भएर आफ्नो शक्ति देखाइदिन मात्रै विघटन गरिदिएका हुन् ।
पार्टी भित्रको अन्तसंघर्ष यति चरमचुलीमा पुगेको थियो की या त ओलीले छाड्नै पर्ने वा कारबाही भोग्न तयार रहनुपर्ने । आफू मात्र होइन , राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत महाअभियोग लगाएर मिल्काउने अन्तिम कसरत भएको सुइँको पाएका ओलीले न रहे बाँस , न बजे बाँसुरी भन्दै प्रतिनिधिसभा नै विघटन गरिदिए । अब त ओलीलाई हटाउने वैधानिक थलो नै सकियो । यस्तै राष्ट्रपति विरुद्धको महाअभियोग लगाउने थलो पनि रहेन ।
व्यक्तिगत मनोकाँक्षा पूर्ति गर्न गरिएको विघटनले दिने परिणाम के हो ? अस्थिरता । हो , त्यही अस्थिरता निम्त्याउन नै ओलीले यस्तो कदम चालेका हुन् । त्यसैले अब चुनाव गर्न सहज छैन । बेला बेला ओलीले यो तर्क त्यसै गरेका होइनन् की अब संसद् कुनै हालतमा ब्यूँतिदैन । सर्वाेच्च अदालतमा विघटन विरुद्ध सुनुवाई भइरहेको छ , तर ओली भन्छन् कुनै हालतमा पनि संसद् पुनस्थापना हुँदैन । यस्तो अभिव्यक्ति दिनेक्रममा उनले भनेकाछन्–सर्वाेच्चमा र निर्वाचन आयोगमा सेटिङ भइसकेकोछ , ढुक्क हुनुहोस् ।
नभन्दै सर्वाेच्च अदालतले गठन गरेको संवैधानिक इजलाशको स्वरुप हेर्दा ओलीको भनाई गलत होला जस्तो लाग्दैन । ओलीका निकटतम हरिकृष्ण कार्कीदेखि प्रधानन्यायधीश चोलेन्द्रसम्शेरका एसम्यान तेजबहादुर केसीसम्मले इजलाशमा मौका पाएका छन् । तर वरिष्ठम् न्यायधीश र विषय विज्ञहरु भने पन्छाइएको अवस्था छ । यसले ओलीको भनाईमा दम रहेको अनुमान गर्न सकिन्छ ।
कांग्रेस नेताहरुले अहिलेको अवस्थालाई समीक्षा गर्दा कतै संसद्पनि पुनस्थापना नहुने र चुनावसमेत नहुने अवस्था आउने खतरा देखिएको निश्कर्ष निकालेका छन् । त्यसैले अब कांग्रेस दोधारमा बस्नुको अर्थ छैन भन्दै केन्द्रीय कार्यसमितिले नै आन्दोलनकै बाटो अख्तियार गरेको जानकारी उनले दिए ।
ओलीलगायत शक्ति केन्द्रले नेपालमा फेरि राजनीतिक अस्थिरता कायम गरी आफ्नो दुनो सोझ्याउने प्रपञ्च रचेको प्रष्ट देखिएकोछ । त्यसैको एउटा श्रृँखला मात्र हो यो विघटन प्रकरण । ओलीका पूर्व सहकर्मीहरु प्रचण्ड र माधव नेपाललाई समेत यसबारे राम्रो हेक्का छ । किनभने चिनियाँ पक्षले ओलीको बदला प्रचण्डलाई प्रधानमन्त्री बनाउने इच्छा प्रकट गरेयता नै परिस्थिति फेरिएको हो । ओली आफू नुहुने अवस्थामा कसैलाई पनि निदिने पक्षमा सती साल झैं खडा भइदिए । त्यसैले उनीहरुले यो राजनीतिक अस्थिरताको लामो श्रृँखलाको प्रारम्भिक खण्ड मत्रै भएको बुझेका छन् । प्रतिवाद गर्न उनीहरु सर्वाेच्च अदालत गएपनि सडक आन्दोलनलाई अझै चर्काउने पक्षमा देखिनुको प्रमुख कारण पनि यही थियो ।
यो विषयमा समाजवादी जनता दलपनि प्रष्टै देखियो । त्यसैले उसले पनि ओलीको कदमविरुद्ध सडक नै तताउने रणनीति अख्तियार गरेकोछ । तर आन्दोलनलाई कुन रुपमा बढाउने भन्नेमा चाहिं उनीहरु अझै प्रष्ट भएको अवस्था छैन । यस प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रसमेत दुई धार देखियो । सभापति शेरबहादुर देउवा पक्षले संसद् विघटन असंवैधानिक भएपनि त्यसबाट राजनीतिक लाभ उठाउन सकिने लख काटेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रतिगमनकै एउटा पाटोका रुपमा विघटनलाई लिनुपर्ने पक्षमा अडिग देखिएका छन् ।
तर ओलीको चाला सत्ता लम्ब्याउने मात्रै हो की भन्ने आशंका गर्ने ठाउँ देखिएकाले पछिल्लो अवस्थामा देउवासमेत आन्दोलनलाई पन्छाउन नहुने पक्षमै उभिन पुगेका छन् । त्यसैको परिणाम कांग्रेसले हिजो मात्रै वडा तहसम्म नै आन्दोलन लैजाने निर्णय गरेको छ । ओलीको अभिव्यक्ति र कार्यशैलीले उनी चुनावप्रति इमान्दार हुने देखिएन,त्यसैले कांग्रेसले आन्दोलनलाईसमेत साथै लैजाने निर्णय गरेको हो – एकजना केन्द्रीय सदस्यले भने ।
कांग्रेस नेताहरुले अहिलेको अवस्थालाई समीक्षा गर्दा कतै संसद्पनि पुनस्थापना नहुने र चुनावसमेत नहुने अवस्था आउने खतरा देखिएको निश्कर्ष निकालेका छन् । त्यसैले अब कांग्रेस दोधारमा बस्नुको अर्थ छैन भन्दै केन्द्रीय कार्यसमितिले नै आन्दोलनकै बाटो अख्तियार गरेको जानकारी उनले दिए । आन्दोलनको दोस्रो चरण अन्तर्गत पुष २५ गते ३३० वटै प्रदेशस्तरमा विरोधसभा गर्ने निर्णय गरिएको छ । साथै, माघ ३ गते ७५३ वटै पालिका र माघ ८ मा ६७४३ वटा वडाहरुमा विरोध कार्यक्रम राखिएको छ ।
सुरुमा भने सभापति देउवा ओलीले साँच्चै चुनावै गराउन लागेको अनुमान गरेका थिए । तर पछिल्ला गतिविधिले चुनावभन्दा प्रतिगमनकै दिशामा ओली अग्रसर भएको पाएकाले देउवा हच्किएका हुन् । ओली निकटहरु नै चुनाव त केवल सत्ता लम्ब्याउने ट्याक्टिस मात्रै हो भन्दै हिंड्न थालेको सूचना पाएपछि मात्रै देउवा अर्काे बाटो हिंड्न तयार भएको बुझिएको छ । तर कांग्रेसले अरुको बुख्याँचा नभई आफ्नै बलबुतामा आन्दोलनलाई निश्कर्षमा पु¥याउनुपर्छ भन्ने मान्यता बोक्नुपर्ने उनको तर्क रहेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार