परराष्ट्रमन्त्री भारत जाँदै
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार १९:४४:३६
२२ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओली भारतसँग सम्बन्ध सुधार्न मरिहत्ते गर्दैथिए । तर त्यसका लागि तारतम्य मिलेको थिएन । भारतसँग लामै समय पौंठाजोरी खेल्दा उनलाई घाटा भन्दा लाभ नै पुगेको थियो । ०७२ सालमा संविधान जारी गर्नेक्रममा ओलीले देखाएको भारत विरोधी अडानले गत आम निर्वाचनमा जादू नै चल्यो । उनले नसोचेको सफलता पाए । झण्डै दुई तिहाई समर्थन प्राप्त नेपालको सर्वेसर्वा र बलशाली प्रधानमन्त्रीको रुपमा उनी पदार्पण गर्न सफल भए ।
तर ओलीको सफलता र लोकप्रियता विस्तारै शिथिल हुन थाल्यो ,जब उनी भारत र अमेरिकाप्रति अलि बढी झुक्न थाले । भारतीय सिने जगतको लोकप्रिय आइफा आयोजना गर्न उनले दिएको एक अर्ब रुपियाँ र नेपाल भित्रने तरकारी र फलफुलमा रहेको विषादी परीक्षण नै गर्न नपर्ने उर्दीले ओलीको नक्कली राष्ट्रवाद छताछुल्ल भए ।
सँगै अमेरिकी सहयोग नियोग एमसीसी पारित गराउन ओलीले गरेको प्रयत्नले छिमेकी चीन चिढियो । त्यही क्रममा चीनले ओलीलाई प्रधानमन्त्री पद त्यागेर भएपनि नेकपा भित्रको एकता जोगाउन दबाब दिन थालेपछि भने ओली खुलेरै भारतीय पक्षको काखमा पुगे । यसका लागि उनले भारतीय गुप्तचरी संस्था रअ का प्रमुख सामन्तकुमार गोयलको साथ लिए ।
गोयलसँगको भेटघाटपछि ओली नरेन्द्र मोदीसँग सुमधुर सम्बन्ध स्थापित गर्न लालयित भएका छन् । मोदीको ग्रिन सिग्नल आएपछि ओलीले प्रतिनिधिसभा नै विघटन गरिदिएकाछन् । यो घटनाका सन्दर्भमा भारत मौन छ । आन्तरिक मामला भन्दै पर्ख र हेरको अवस्थामा रहेको प्रेस नोट भारतीय पक्षले जारी गरेको छ ।
तर ओली भने अब चीनबाट सहयोग नहुने निश्कर्षमा पुगेकाले भारतसँगै सम्बन्ध विस्तारमा हतारिएका छन् । त्यसका लागि उनी सकेसम्म आउने फेबु्रअरी भित्रै भारतको राजकीय भ्रमण गर्न लालयित छन् । त्यसैका लागि वातावरण तयार गर्न उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारत भ्रमणमा पठाउने तयारी थालेका छन् ।
सम्भवतः माघको पहिलो साता नै ज्ञवाली भारत जाँदैछन् । उनले उपयुक्त वातावरण तयार गरेर आएको लगत्तै ओलीपनि भारत भ्रमणमा जाने तयारीमा रहेको स्रोतको भनार्ईछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार