बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार १९:५३:८
२२ पुष, बलेवा । बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । सङ्घीयता कार्यान्वयनसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङमा कृषिसँग सम्बन्धित कार्यालय थिएन । कृषि ज्ञान केन्द्र पर्वतबाट प्रवाह हुने सेवाले किसानको पहुँच पुग्न नसकेको भन्दै बागलुङमै ज्ञान केन्द्र सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारले सबै जिल्लामा कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय भएसँगै बागलुङमा कार्यालय सञ्चालनमा आएको हो । बागलुङमा साबिक कृषि विकास कार्यालयको भवन बागलुङ नगरपालिकाले प्रयोग गरेकाले सोही भवनको एउटा कोठाबाट कार्यालय सञ्चालन भएको छ ।
प्रदेश सरकारले भवन खाली गरिदिन बागलुङ नगरपालिकालाई पत्राचार गरेको भए पनि भवन खाली नभएपछि एउटा कोठाबाट कार्यालयको शुरुआत भएको हो । कृषि ज्ञान केन्द्र पर्वतको सम्पर्क कार्यालयका रुपमा रहेको ठाउँमा कृषि ज्ञान केन्द्र बागलुङको स्थापना भएको कार्यालय प्रमुख भानु भट्टराईले जानकारी दिए । बागलुङ पर्वत हेर्ने गरी पर्वतमा कृषि ज्ञान केन्द्र राख्दा यहाँका किसानले झन् बढी सास्ती खेप्नु परेको भन्दै आलोचना भएपछि गण्डकी प्रदेश सरकार ११ जिल्लामै कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय गरेअनुसार नै बागलुङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना भएको उनको भनाइ छ ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशमा वरिष्ठ कृषि अर्थ विज्ञका रुपमा काम गर्दै आएका भट्टराईले पुस २० गतेदेखि कृषि ज्ञान केन्द्र बागलुङको प्रमुखका रुपमा खटाइएको छ । एउटा कोठामा रहेको सम्पर्क कार्यालय अब १२ जना कर्मचारीको दरबन्दीसहित कृषि ज्ञान केन्द्र स्थापना भएको छ । अहिले कार्यालय प्रमुखसहित तीनजना मात्रै कर्मचारीले काम शुरु गरेका छन् । बागलुङ नगरपालिकाले भवन खाली नगरी दिएपछि एउटै कोठाबाट कृषि ज्ञान केन्द्रको सेवा शुरु गरेको उनले बताइएकाे छ ।
ज्ञान केन्द्र स्थापना भएपछि किसानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रमहरु र प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तणका लागि सहज हुने उनले बताए । “ज्ञान केन्द्र नजीकमा हुँदा टाढा पुगेर सेवा लिनुपर्ने झन्झट कम हुन्छ”, जैमिनी नगरपालिकाका किसान मोती पौडेल भने, “पहिले नै खारेज नहुनु पर्ने कार्यालय थियो, अहिले नाम परिवर्तन भएर आएको छ, हामी खुशी छौँ ।” कार्यालय नहुँदा सरोकारवालालाई जिल्लागत तथ्याङ्क तयार गर्नसमेत कठिन हुने गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार