बसपार्क सञ्चालन नहुँदा पार्किङ समस्या
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २०:३७:५६
२२ पुष,भजनी । कैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ । सङ्घीय सहकारी आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयमार्फत बसपार्कको निर्माण सम्पन्न भएको हो ।
बसपार्क सञ्चालनमा नआउँदा यात्रुवाहक सवारी साधन पार्किङका लागि समस्या हुँदै आएको भए पनि नगरपालिकाको ढिलासुस्तीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । रु आठ करोड २८ लाखको लागतमा निर्माण सम्पन्न भएको बसपार्क सधैँ खाली देखिन्छ भने बाहिर सडकका छेउछाउमा सधैँ सवारी साधनको चाप देखिने गरेको छ । दैनिक एक सयभन्दा बढी यात्रुवाहक सवारी साधनहरु टीकापुर आउने जाने गर्दछन् । ती सबै सवारीको पार्किङ स्थल सडक छेउ नै हो ।
रिभर साइड यातायात प्रालिमा काम गर्दै आएका गोकर्ण धमलाले बसपार्कको बोलपत्र भई कार्यान्वयनमा नआउँदा पार्किङको धेरै ठूलो समस्या रहेको बताउँदै दुर्घटनाको जोखिम पनि बढेको बताए । उनि सडकमा सवारी साधन पार्किङ गर्दा पार्किङ गरिएका सवारीमा गाडीहरु ठोक्किएर कैयौँ दुर्घटनाहरु भएको बताए । सुदूरपश्चिम यातायात प्रालि टीकापुर काउन्टरमा कार्यरत भरत हमालले बसपार्क नभएका कारण यात्रुकसमेत अलमलमा पर्ने गरेको बताए । “बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था छैन । सवारी चालकहरुले कताकता लिएर सवारी साधन लिएर पार्किङ गर्नुपर्ने अवस्था छ”, हमालले भने, “यसले यात्रुहरु पनि अलमलमा छन्, कहाँ गएर बस चढ्ने भन्नेमा ।”
टीकापुर नरगपालिकालाई बसपार्क निर्माणको जिम्मा पाएको राजेन्द्र रोयल जेभीले बसपार्क निर्माण सम्पन्न गरी गत भदौ ३ गते नै हस्तान्तरण गरेको थियो । नगरपालिकाले बसपार्कको चाभी ग्रहण गरे पनि बसपार्कमा सम्भावित जोखिमका कारण निर्माण कम्पनीले अझैसम्म आफ्नो एकजना कर्मचारीलाई बसपार्कमै खटाएको छ । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बसपार्कको बोलपत्र प्रक्रिया शुरु भएको बताउँदै अबको केही दिनमा बसपार्क सञ्चालनमा आउने बताइएको छ ।
बसपार्कसँग जोडिएको छ लेनको सडक निर्माणको काम चलिरहेको अवस्थामा बसहरु पार्किङमा झनै समस्या आएको चालक विकास चौधरी बताएको छ । अत्याधुनिक तवरले निर्माण गरिएको भनिएको बसपार्कको उचित संरक्षण हुन नसक्दा ठाउँठाउँमा टायलहरु भत्किन थालेका छन् । नगरपालिकाले दुई वर्ष पहिले निर्माण गरेको सिटी बसपार्क पनि सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाले सिटी बसपार्क निर्माणका लागि रु २० लाख खर्च गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार