विकट कैलाशमा १० श्ययाको अस्पताल
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २०:५०:४१
२२ पुष,वाग्मती । स्वास्थ्योपचारलाई व्यवस्थित एवं प्रभावकारी तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने उद्देश्यले मकवापुरको उत्तरी विकट क्षेत्र कैलाश गाउँपालिकामा १० श्ययाको अस्पताल बन्ने भएको छ । अस्पतालका १४ भवनसहित आधुनिक पूर्वाधार निर्माण द्रुत गतिमा भइरहेको छ ।
सङ्घीय, प्रान्तीय, स्थानीय सरकार र गैरसरकारी संस्थाको आर्थिक लगानीमा उक्त स्वास्थ्य भवन निर्माण भइरहेको कैलाश गाउँपालिकाले जनाएको छ । वर्तमान परिस्थितिमा आफ्नो भवन नहुँदा समस्या भौग्दै आएका बिरामी तथा स्वास्थ्य संस्थालाई भवन निर्माणपश्चात् स्वास्थ्य उपचार सेवामा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले विश्वास व्यक्त गरे ।
विकट क्षेत्रका रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्थाको भवन निर्माणले स्थानीयवासीमा उत्साह जागेको र अन्य क्षेत्रमा बिरामीलाई उपचारका लागि जानुपर्ने बाध्यता हटेको बताइएको छ । उक्त गाउँपालिका–२, ४, ६, ८, ९ तथा १० मा रु ४२ लाखका दरले सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण भइरहेका छन् ।
त्यसैगरी कैलाशमा नेपाल सैनिक श्रीमती सङ्घको रु ६८ लाखको लगानीमा बर्थिङ सेन्टर निर्माण हुँदैछ । रु ६० लाख सङ्घले र रु आठ लाखको सामग्री गाउँपालिकाले बेहोर्ने गरी उक्त बर्थिङ सेन्टर निर्माण हुने बताइएको छ । कैलाशको कालीटारमा बहुवर्षीय योजनाअनुसार १० श्ययाको अस्पताल निर्माण भइरहेको उनले बताए । गाउँपालिकाको गोगने स्वास्थ्य चौकी र डाँडाखर्क स्वास्थ्य चौकीको भवन पनि निर्माण हुँदैछ । साथै कैलाशको छवटा वडामा सामुदायिक स्वास्थ्य इकाइका लागि बेग्लाबेग्लै स्थानमा छवटा भवन निर्माण भइरहेको मोक्तानको भनाइ छ ।
साङ्ग्रिला डेभलपमेन्ट संस्थाले रु ३५ लाखको लगानीमा आधुनिक बर्थिङ सेन्टर निर्माण गर्ने भएको छ । कैलाश–२ र ८ मा गाउँघर क्लिनिकका दुईवटा भवन निर्माण शुरु गरिएको छ । स्थानीयवासी शृङ्खला खतिवडाले निर्माण गरेको निको स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको बताइएको छ । त्यहाँ कर्मचारीलाई आवाससहितको भवन निर्माण भएको हो । हाल गाउँपालिकामा अस्थायी परिवार नियोजनको शिविरसमेत सञ्चालन गरी महिलामा चेतना जागृत गराउनाका साथै स्वास्थ्य सेवासमेत दिइएको थियो । कैलाश गाउँपालिकाका स्थानीय भोला श्रेष्ठले वर्तमान अध्यक्ष जनताको सेवासुविधा दिनेतर्फ गम्भीर रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार