
समय, भाग्य र जिन्दगीबीच
त्रिकोणात्मक खेल चलिरहन्छ
हार्दा–हार्दै जित्ने
फेरि जित्दा–जित्दै हार्ने
हिड्दा–हिड्दै लड्ने
फेरि लड्दा–लड्दै उठ्ने
हाँस्दा–हाँस्दै रुने
फेरि रुँदा–रुँदै हाँस्ने
बितिजान्छ मानवचोला
कहिले धन्यवाद दिँदै समयलाई
कहिले धारे हात लाउँदै भाग्यलाई
कहिले धिक्कार्दै आफैलाई
कहिले सराप्दै अर्कालाई ।
यहि लुकामारीमा
समय, भाग्य र जिन्दगीबीच
त्रिकोणात्मक खेल चलिरहन्छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट