आगामी जेठ २० गतेदेखि भैँसीविज्ञको महासभा हुने
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २३:१४:५२
२२ पुष, चितवन । विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा ‘दशौँ एशियन बफेलो कँग्रेस’ नेपालमा हुने भएको छ । आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौंमा हुन लागेको हो ।
एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटि रहेका छन् ।
हरेक तीन–तीन वर्षमा हुने महासभा पहिलोपटक नेपालमा हुन लागेको हो । एशोसिएशनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा भूमिनन्द देवकोटा रहेका छन् । जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ । देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो ।
सोही ठाउँमा एशोसिएशनको सचिवालय रहेको छ । एशोसिएशन सन् १९९२ मा स्थापना गरिएको हो । संसारभरिका भैँसीविज्ञको साझा संस्था इन्टरनेशनल बफेलो फेडेरेसन हो । फेडेरेसनको सचिवालय इटालीको रोममा छ । सोही फेडेरेसनअन्तर्गतको एशियाका वैज्ञानिकको संस्था एशियन बफेलो एशोसिएशन हो ।
महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ । महासभामा भैँसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्व वृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभव आदानप्रदान गरिने देवकोटाले जानकारी दिए ।
नेपालले भैँसीमा गरेको विकास महासभामा प्रस्तुत गरिने छ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैँसीको अध्ययन, अनुसन्धान र विकासका लागि आह्वान गरिने कार्यक्रम छ । महासभाको प्रविधि व्यवस्थापन समितिका सहसंयोजक सहप्राध्यापक डा निराजन भट्टराईका अनुसार यो कार्यक्रम नेपाली वैज्ञानिकका लागि निकै महत्वपूर्ण हुनेछ । यसअघि कृषि विश्वविद्यालयको अगुवाइमा यहाँ अन्तर्राष्ट्रिय भैँसी समगोष्ठी गरिएको थियो । भट्टराईले सो गोष्ठीमा १५ देशका २८० जना सहभागी भएका बताए ।
विश्वमा भएका भैँसीमध्ये ९२ प्रतिशत भैँसी एशियामा पाइन्छन् । त्यसमध्ये सबैभन्दा बढी भारत, पाकिस्तान, चीनहुँदै चौथोमा नेपाल पर्दछ । नेपालमा भैँसीको सङ्ख्या ५२ लाखभन्दा बढी भएको तथ्याङ्क छ । भैँसी दूध र मासुका लागि महत्वपूर्ण मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार