मंगलबार , माघ १३, २०७७

वरिष्ठ पत्रकार रिजालद्धारा कोरोना बीमाको रकम हस्तान्तरण

वरिष्ठ पत्रकार रिजालद्धारा कोरोना बीमाको रकम हस्तान्तरण

२२ पुष, काठमाडौं । मिशन मिडिया क्लवले एक विशेष कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोभिड संक्रमित पत्रकारद्दय अमृत अधिकारी र निरज रञ्जितलाई कोरोना बीमावापत जनही रू. एकलाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका बीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तरगत काठमाडाैं, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट “पत्रकार कोभिड बीमा” गरिएको थियो ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका क्लवका अध्यक्ष श्रीजन झाका अनुसार पत्रकारद्दयलाई उपत्यका प्रदेश समितिको कार्यकक्षमा प्रमुख अतिथिका रुपमा वरिष्ठ पत्रकार एवं नेपालबहस डटकमका प्रधानसम्पादक इन्द्र रिजालले बीमावापतको चेक हस्तान्तरण गर्नु भएको बताए।

पत्रकार अधिकारी र रञ्जित दुवै महासंघ काठमाडौं शाखा आवद्ध छन् । यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी, सविन शर्मा, रामहरि कार्की, सुशीलबन्ध थापा, गोकुल कार्कीलाई कोभिड बीमाको जनही रू एकलाख रुपैयाँ हस्तान्तरण भईसकेको छ ।

अबको चरणमा पत्रकार भक्तपुर शाखा आवद्ध लिला श्रेष्ठ लगायतका पत्रकारलाई कोभिड बीमाको रकम हस्तान्तरण गरिने प्रदेश समितिका महासचिव झाले जानकारी दिएका छन् । फोटो: अकिल महर्जन

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय