गैँडा तस्करका आरोपित १५ वर्षपछि नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार १२:३५:३१
२३ पुष, चितवन । निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् ।
अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले यही पुस २७ गते पक्राउ गरेको हो । विसं २०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध असोज १२ गते मुद्दा दायर गरिएको थियो । उनको मुद्दा विसं २०६४ पुस २० गते फैसला भई १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो । फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो ।
उनी विसं २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी गरेको छ । उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ ।
महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएका छन् । पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेको छ । साउनयता तस्करले मारेका चार गैँडा फेला परेपछि निकुञ्जमा निगरानी बढाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार