बिहिबार , माघ १५, २०७७

आजको बजार वृद्धिलाई विश्लेषण गरेर हेर्दा !

आजको बजार वृद्धिलाई विश्लेषण गरेर हेर्दा !

पुष २३, काठमाडाैं । आज नेप्से परिसूचक १५ दशमलव ९१ अंकले वृद्धि हुँदै २१९४ दशमलव ४८ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ७३ प्रतिशतले वृद्धि भएकोमा ५ अर्ब ८७ करोडको शेयर कारोवार भएको छ ।

 

दोश्रो बजार २१८१ को विन्दुमा खुलेकोमा २२०४ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २१७९ रहेको छ । आज कारोवार रकम पनि अघिल्लो कारोवार दिनको तुलनामा केही वृद्धि भएको छ । बजार वृद्धि हुने दिन कारोवार रकम वृद्धि हुँदै जानुलाई बजारको वृद्धि दिगो हुने आकँलन गर्न सकिन्छ । त्यस्तै आजको ग्राफ हेर्दा पनि सकारात्मक प्रवित्ति नै रहेको छ । बजारले आज पनि २२०० को विन्दुलाई प्रतिरोध बनाएको छ । ईण्ट्राडेमा बजार २२०४ सम्म पुगे पनि बजार बन्द हुँदा भने २२२० को विन्दु मुनी नै बन्द भएको छ । तर अन्तिम समयमा भने बजारले माथिल्लो दिशा समात्न प्रयास गरेको थियो ।

आज अन्य उपसुचक बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । सबै भन्दा धेरै ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ। वाणिज्य बैंक उपसुचकमा पनि शुन्य दशमलव ७९ प्रतिशतको वृद्धि देखिएको छ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय