जनसभालाई सम्बोधन गर्न आज ओली धनगढी जाँदै
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १४:८:५५
२४ पुष, काठमाडौं । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली शुक्रबार धनगढी जाँदै छन् । प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौं उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।
धनगढीमा हुने जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम ‘ओली समूह’ को तयारी छ। जनसभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा खटिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि खटिएका हुन्।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ। नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन्।
तर ओलीले सुदूरपश्चिममा आफ्नो पकड जमाउन प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट मात्रै तीनजनालाई संघीय सरकारको मन्त्री बनाएका छन्। धनगढीको जनसभामार्फत प्रधानमन्त्री ओली देश दौडाहामा निस्कन लागेका छन्। प्रधानमन्त्री ओलीले देशव्यापी अभियानको सुरुवात सुदूरपश्चिम प्रदेशबाट गरेका हुन्। ओली आवश्यकता अनुसार अन्य प्रदेशका कार्यक्रममा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार