इलोन मस्क विश्वकै सबैभन्दा धनी, सफलताको रहस्य के हो ?
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १८:४४:२६
२४ पुष, एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी रहेको बीबीसीले समाचारमा उल्लेख गरिएकाे छ ।
विद्युतीय कार कम्पनीको शेयर मूल्य वृद्धि भएपछि उनको सम्पत्ति बढेको हो। व्यापारमा सफल बन्न एलन मस्कले अपनाएका सफलता ६ वटा रहस्यहरू यस्ता रहेका छन् ।
१. यो पैसासँग सम्बन्धित होइन
सन् २०१४ मा एक अन्तर्वार्तामा आफू कति धनी थिए भन्ने आफैँलाई थाहा नभएको मस्कले बताएका थिए। उनले भनेका थिए, “कहीँ नगदको खात छ भन्ने होइन। यो त्यति मात्र हो कि मसँग टेस्ला, स्पेसएक्स र सोलारसिटीका लागि केही मतहरू छन् र बजारमा ती मतका मूल्य छ।”
उनले धनले मात्र आफूलाई नतानेको बताए । विशेषगरी उनको विद्युतीय कार कम्पनी टेस्लाले राम्रो गर्यो। एक वर्षमा यसको शेयर मूल्य बढेर ७०० अर्ब डलरभन्दा बढी भयो। यसै वर्ष ५० वर्ष लागेका मस्कले चाहिँ आफ्नो धनी व्यक्तिकै रूपमा मृत्यु हुने ठानेका छैनन्। उनी आफ्नो अधिकांश पैसा मंगल ग्रहमा एउटा आधार बनाउनमै खर्च हुने ठान्छन् र त्यसका लागि उनको सम्पूर्ण भविष्य सकिए पनि आश्चर्यचकित हुने छैनन्।
२. इच्छालाई पछ्याउनु
मंगल ग्रहमा आधार बनाउने योजनाले मस्क कसरी सफलतामा विश्वास गर्छन् भन्ने सङ्केत गर्छ। उनले मसँग भनेका थिए, “तपाईँ भविष्यका कुराहरू राम्रो हुन् भन्ने चाहनुहुन्छ। तपाईँ चाहनुहुन्छ ती रोमाञ्चक कुराले जीवनलाई उत्तम बनाउनेछन्।” उनले आफूले अमेरिकी अन्तरिक्ष कार्यक्रमसँग थप महत्त्वकाङ्क्षा नभएकाले त्यसबाट निराश भएर स्पेसएक्स कम्पनी स्थापना गरेको बताएका थिए।
उनले भनेका थिए, “म पृथ्वीभन्दा बाहिर जाने, मंगलमा एक व्यक्तिलाई खडा गर्ने, चन्द्रमामा एउटा आधार बनाउने र अन्तरिक्षमा लगातार उडानहरू भर्ने आशा गरिरहेको छु।”
त्यसले अन्तरिक्षबारे मानिसहरूलाई फेरि एकपटक उत्साहित बनायो र अमेरिकी सरकारले नासाको बजेट बढायो। उनले समस्या इच्छाको कमीमा भन्दा पनि त्यसलाई कसरी गरिन्छ भन्नेमा रहेको थाहा पाए।
अन्तरिक्ष प्रविधि आवश्यकताभन्दा बढी नै महँगो भएको थाहा भएपछि जन्मियो – विश्वकै सबैभन्दा सस्तो रकेट लञ्चिङ व्यापार। महत्त्वपूर्ण कुरा त के भने यसको उद्देश्य पैसा कमाउनु भन्दा पनि मंगल ग्रहमा मान्छेलाई उतार्नु हो।
३. ठूलो कुरा सोच्न नडराउनु
मस्कका व्यवसायहरूको विचित्रको कुरा त्यसमा रहेको दुस्साहस हो। उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मंगल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन्, भ्याक्युम टनेलमा तीव्र गतिको रेल दौडाउन चाहन्छन्, आर्टिफिसियल इन्टलिजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा तथा ब्याट्री उद्योगलाई बढाउन चाहन्छन्।
।
उनले दक्षिण अफ्रिकामा बालक हुँदा हेरेका फिल्महरू र पुस्तकहरूबाट आफू प्रेरित भएको बताए।उनी धेरै कम्पनीहरू न्यून महत्त्वाकाङ्क्षा रहेको ठान्छन्।उनी यदि कुनै कम्पनीको प्रमुखले सामान्य खाले लक्ष्य राखेर त्यो पूरा नभए पनि कसैले उसलाई दोष नदिने तर कसैले ठूलो उद्देश्य राखेर त्यो पूरा नभए उसलाई हटाइने दाबी गर्छन्।
४. खतरा मोल्न तयार हुनु
मस्क अधिकांशले मोल्नेभन्दा बढ्तै खतरा मोल्छन्। उनले सन् २००२ मा उनका सुरुका दुई वटा उद्यमहरू बिक्री गरेका थिए। एउटा जीपटु नामक इन्टरनेट सिटी गाइड थियो भने अर्को अनलाइन भुक्तानी सेवा पेपाल थियो। त्यसबेला उनी ३० वर्षमा प्रवेश गर्दै थिए र उनीसँग ब्याङ्कमा करिब २० करोड डलर थियो।
उनका नयाँ कम्पनीहरूले हर तरहका समस्याहरू भोगिरहेका थिए।स्पेसएक्सका पहिला तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो।
त्यसबेला आफूसँग कि त पैसा राख्ने र कम्पनीहरूलाई मार्ने वा लगानी गरेर एउटा मौका पर्खिने विकल्प रहेको उनी बताउँछन्।उनले पैसा लगानी गर्दै गए। ऋणमा डुबेका बेला उनले जीवन निर्वाहका लागि समेत साथीहरूसँग रकम माग्नुपर्यो।
५. आलोचकको बेवास्ता गर्नु
आलोचकको कुरा नसुन्नु मस्कको व्यापारमा सफलताको अर्को सूत्र हो। सुरुवातमा उनले स्पेसएक्स वा टेस्लाले कहिले कमाउलान् भनेर नसोचेको बताए । त्यसबेला अरूले पनि त्यस्तै सोचेका थिए।तर उनले सबै आलोचनाको बेवास्ता गरे र अघि बढे।
उनी आफू मूर्ख देखिने कुराले चिन्तित हुँदैनन्। त्यसले निर्णय क्षमतालाई निकै सजिलो पार्छ र आफूले गर्न चाहेको कुरामा केन्द्रित हुन मद्दत गर्छ।
६. आफैँमा रमाउनु
यो सूत्रलाई पछ्याउनुस्, अलिकति भाग्यले साथ दियो भने तपाईँ धनी र चर्चित बन्न सक्नुहुन्छ। मस्क एकदमै धेरै काम गर्ने भनेर चर्चित छन्।
टेस्ला मोडेल-३ का लागि उनले लगातार साता १२० घण्टा काम गरेको दाबी गरिन्छ। उनी सामाजिक सञ्जालमा उनले व्यक्त गरेका अभिव्यक्तिहरूले पनि विवादमा आइरहन्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार