
२४ पुष, काठमाडौं । डिशहोम नेटवर्कमा भोलि शनिबारबाट हलिउड चलचित्र फ्लाइट १९२ प्रसारण हुँदैछ । डिशहोमको च्यानल नम्बर–१०२ रियालिटी टिभीमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । डिशहोममा अबदेखि हरेक शनिबार अपराह्न २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोम व्यवस्थापनले जानकारी दिएको छ ।
रियालिटी टिभी डिशहोमको बेसिक प्लसप्याकेजदेखि उपलव्ध गराइएको छ । नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा डिशहोमले ल्याएको जनाएको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट