नेकपामा नेपाल पहिलो वरीयताका अध्यक्ष, प्रचण्ड दोस्रो !
नेपालबहस संवाददाता
पुस २४, २०७७ शनिबार ०:३५:३९
२४ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ प्रचण्ड–नेपाल समूहमा माधवकुमार नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका छन् । प्रचण्ड–नेपाल समूहले आलोपालो बैठकको अध्यक्षता गर्ने अन्तरिम विधानको व्यवस्थालाई कार्यान्वयनमा ल्याएसँगै नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका हुन् ।
गत १९ पुसमा बसेको यो समूहको स्थायी कमिटी बैठक नेपालको अध्यक्षतामा बसेको थियो । आलोपालो बैठकको अध्यक्षता गर्ने, जसले अध्यक्षता गर्छ, उसैको वरीयतामाथि हुने व्यवस्था कार्यान्वयनमा आएपछि स्थायी कमिटीको अर्को बैठक नबसेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भन्दा नेपालको वरीयता एक नम्बरमा भएको हो ।
स्थायी कमिटीको बैठकको माइन्युटमा पनि नेपालको नाम एक र प्रचण्डको नाम दोस्रो नम्बरमा लेखिएको छ । दुवै अध्यक्षले वरीयताअनुसार नै माइन्युटिङमा हस्ताक्षर गरेका छन् । स्थायी कमिटी सदस्य बेदुराम भुसालले पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकले नै दुवै अध्यक्षको वरीयतासम्बन्धी निर्णय गरिसकेको जानकारी दिए ।
प्रचण्ड–नेपाल समूहले अवलम्बन गरेको यो प्रणालीअनुसार पार्टीका तल्ला कमिटीहरूले पनि दुवै अध्यक्षलाई एउटै कार्यक्रममा बोलाउँदा कसको वरीयता तलमाथि छ भनेर पहिला पहिचान गर्नुपर्नेछ । त्यसअनुसार कहिले प्रचण्ड त कहिले नेपाल वरीयतामा पहिलो नम्बरमा हुनेछन् ।
स्थायी कमिटीअघि ५ पुषमा बसेको केन्द्रीय कमिटी बैठक भने अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । अहिले नेपालको वरीयता एक नम्बर भए पनि अर्को बैठकमा भने आलोपालो प्रणालीअनुसार प्रचण्ड वरीयताको पहिलो नम्बरमा हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार