आउँदो २० जनवरीदेखि तातोपानी नाका फेरि बन्द हुने
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार १२:४८:३६
२५ पुष, काठमाडौं । चीनसँगको प्रमुख तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको जनाइएको छ ।
भोटेकोशी नदीमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ । पुल मर्मतका लागि आउँदो २० जनवरीदेखि नाका बन्द गरिनेछ ।
बाढीले मितेरी पुल जगको दायाँ–बायाँ क्षति पुर्याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक सङ्घ–संस्था र कम्पनीलाई सूचित गरेको छ । तर अझै आधिकारिक रूपमा जानकारी नआएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने कुरा सुन्नमा आए पनि नाका बन्द हुने बारे आधिकारिक खबर नपाएको बताए ।
वर्ष दिनदेखि खासा र न्यालम क्षेत्रमा थन्किएका पुराना सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना छ । तर पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले केही दिन बढी दिन बन्द हुन सक्ने चिनियाँ पक्षको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार