आज पनि बैंकका काउन्टर तथा शाखा कार्यालय खुल्ने
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार १२:५२:५१
२५ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक खुल्न निर्देशन दिएपछि आज पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल्ने भएका हुन् ।
कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ ।
यही ताकेतापछि राजस्व बुझाउने क्रम बढेको छ । यसलाई थप सहज बनाउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो । यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङ्गको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्कसम्बन्धी पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार