अदालतले ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने : देउवा
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार २२:५:४८
२५ पुष, काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए ।
संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो ।
तर अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए ।
तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए । धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’
संविधानमा के लेखिएको छ, के भन्छ ? भन्ने कुरा अदालतले भन्ने कुरा हो । तर, हामीले ओलीको प्रतिनिधिसभा विघटनको कदम प्रजातन्त्रविरुद्धको कदम हो, संविधानविरुद्धको कदम हो भनेका छौँ,’ देउवाले भने । उनले अदालतमा विचाराधीन मुद्दाकाे विषयमा बोल्न नहुने दोहोर्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
आईपीएलमा आज पञ्जाव र मुम्बईको खेल हुँदै
बैशाख ६, २०८१ बिहिबार
पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश
बैशाख ६, २०८१ बिहिबार
फिल्म ‘लभ यु शंकर’ को कारण तनिषा चर्चामा
बैशाख ६, २०८१ बिहिबार
हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद
बैशाख ६, २०८१ बिहिबार
इजरायल र इरानबीच कसको सेना बलियो छ ?
बैशाख ६, २०८१ बिहिबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार