नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गरिने
नेपालबहस संवाददाता
पुस २५, २०७७ आइतबार १:५९:३५
२५ पुष, काठमाडौं । नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ ।टुरिष्ट बस एशोसिएशन अफ नेपाल ‘टिवान’को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिएको हो ।
काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ ।
कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट ‘नाट्टा’का अध्यक्ष अच्युत गुरागाईँले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायी एकजुट हुनुपर्ने बताए । “कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले राहत ल्याउन सकेन, पर्यटन क्षेत्रलाई बचाउनका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ”, उनले भने ।
निजी क्षेत्र र सरकारी निकायबीच आवश्यक परामर्श तथा छलफल हुन नसक्दा पर्यटन क्षेत्रमा समस्या आएको उनको भनाइ थियो । एशोसिएशनका अध्यक्ष ईश्वर शर्माले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा पु¥याउनका लागि सम्पूर्ण पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको उनको भनाइ छ ।
एशोसिएशनका पूर्वअध्यक्ष श्रीकान्त आचार्य, उपाध्यक्ष ढकनाथ काफ्लेलगायतले आन्तरिक पर्यटन क्षेत्रमा लहर ल्याउन नसके पर्यटन क्षेत्रलाई बचाउन नसकिने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
बैशाख ६, २०८१ बिहिबार
दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल बढ्यो
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार