बिहिबार , माघ १५, २०७७

४५ बर्षीय पुरुषको शव फेला

४५ बर्षीय पुरुषको शव फेला

२६ पुष, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।

बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय