विद्यालयको पुनःनिर्माण शुरु
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १५:५०:१
२६ पुष, तनहुँ । २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि बजेट विनियोजन भएपछि पुनःनिर्माण अघि बढाइएको हो ।
चालु आवमा चारकोठे ५२, तीनकोठे छ र दुईकोठे २० गरी ७८ विद्यालयको पुनःनिर्माण शुरु गरिएको एकाइका इञ्जिनीयर अनिलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार चारकोठे भवनका लागि प्रतिविद्यालय रु ७० लाख २५ हजार, तीनकोठेका लागि रु ३५ लाख ८० हजार र दुईकोठेका लागि रु २३ लाख ७५ हजार लागत अनुमानपश्चात निर्माण शुरु गरिएको हो ।
प्रतिविद्यालय माध्यामिक तहका लागि रु १६ लाख र आधारभूत तहका लागि रु १३ लाख ५० हजार लागत अनुमान भई ६१ शौचालय निर्माण गरिने जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार जिल्लाका ५७ विद्यालयलाई खानेपानीका लागि प्रतिविद्यालय रु सात लाख ४० हजारको दरले रकम निकासा गरिएको छ । उक्त रकम निकासापश्चात १० विद्यालयले चारकोठे, नौ विद्यालयले शौचालय र छ विद्यालयले खानेपानीको काम शुरुआत गरिसकेका छन् ।
म्याग्दे गाँपालिका–५ स्थित रविचन्द्र प्राथमिक विद्यालय र भिमाद नगरपालिका भिमादको धर्म माध्यमिक विद्यालयले शौचालय निर्माण पूरा गरिसकेको एकाइले जनाएको छ । छात्रछात्रा र अपाङ्गता भएका विद्यार्थीका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुने गरी शौचालय निर्माण गरिनेछ ।
आव २०७५र७६ मा चारकोठे भवनका लागि प्रथम चरणमा रु १० करोड र दोस्रो चरणमा रु २९ करोड ४३ लाख ५३ हजार ६८९ बजेट विनियोजन भएको एकाइले जनाएको छ ।
विद्यालयको पुनःनिर्माणको प्रस्ताव र स्थानीय तहको सिफारिसका आधारमा निवेदन पेश गर्न लगाउने, भूकम्पबाट क्षति भएको अवस्था अवलोकन, आवश्यक कक्षाकोठा, विद्यार्थी सङ्ख्या आदिका आधारमा प्राथमिकता निर्धारण गर्ने गरिएको एकाइका सूचना अधिकारी रामेश्वर लामिछानेले जानकारी दिए ।
विसं २०७२ को भूकम्प तथा पराकम्पनले तनहुँका ४८६ विद्यालयमध्ये २९१ विद्यालयमा प्रत्यक्ष असर परेको छ भने अप्रत्यक्षरूपमा सबै विद्यालयमा नोक्सान भएको बताइएको छ ।
आव २०७३र७४ देखि पुनःनिर्माण शुरु गरेकामा हालसम्म ७६ दुईकोठे, २५ तीनकोठे र ११८ दुईकोठे शौचालय र ५७ खानेपानी गरी जिल्लाका २१३ विद्यालय प्रत्यक्ष लाभान्वित भएका छन् । शहरको तुलनामा ग्रामीण क्षेत्रमा पुनःनिर्माण गर्ने स्थानसम्म सडकको नाजुक अवस्था, लकडाउनको प्रभाव, निर्माण सामग्रीको उपलब्धतामा असहजता, सीपमूलक कामदारको कमीजस्ता समस्याले निर्माणमा कठिनाइ भोग्नुपरेको एकाइ प्रमुख पोखरेलले बताउनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईको पहिलो दिन, अंग्रेजी विषयको परीक्षा
चैत १५, २०८० बिहिबार
शिक्षा मन्त्रालयको स्थानीय तहलाई परिपत्र, ‘निजी विद्यालयको शुल्कमा कडाई गर्नू’
चैत १२, २०८० सोमबार
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार