फैलियो पीपीआरः १५ दिनमा ६१ बाख्रा मरे
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार २०:२२:२६
२६ पुष, चरिकोट । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।
मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा पीपीआर (पेष्ट डे पेटी र्युमिनाँ) फैलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिए । बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्रामा ‘गोट प्लेग’ लागेको पुष्टि भएको उनले बताए ।
देउराली बस्तीमा १४ घरधुरी रहेकामा १२६ बाख्रा रहेकामध्ये ९५ बाख्रामा पिपिआर रोग देखा परिसकेको वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए । बिरामी रहेका अन्य बाख्रा गाउँपालिकासँगको सहकार्यमा पिपिआरविरुद्धको उपचार भइरहेको वडाध्यक्ष कोइरालाले बताए ।
पिपिआर सरुवा रहेकाले गाउँको एक बाख्रामा देखा पर्नासाथ रोग पहिचान गरी नियन्त्रण गर्न नसक्दा गाउँभरीका बाख्रामा देखा परेको हुनसक्ने अनुमान गरिएको छ । बाख्रामा पिपिआर देखा परिसकेपछि रोकथामका लागि औषधोपचार गरे पनि बाँच्ने सम्भावना अत्यन्त कम हुने पशुपक्षी विकास शाखाका प्रमुख श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार