कालीमाटी बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ संचालन
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार २०:५९:२४
२६ पुष, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटी बजारमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ ।
बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ । उक्त यहि पौष २४ गतेबाट १०७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।
स्थानीय व्यवसायी अमरबहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । जहाँबाट शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको प्रवक्त उमंग शर्माले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार