सोमबार , माघ ५, २०७७

प्रधानमन्त्री ओली र कमल थापाकाे भाव कसरी मिल्याे ?

प्रधानमन्त्री ओली र कमल थापाकाे भाव कसरी मिल्याे ?

२६ पुष, काठमाडाैं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधिन संसद विघटनको विषयमा कसैले पनि बोल्न नमिल्ने बताएका छन् । उनले अदालतमा रहेका अनेकन विषयमा सडकबाट दवाव पार्न खोजिएको भन्दै त्यसो नगर्न राष्ट्रिय सभाको रोस्टमबाट खबरदारी नै गरे ।

सोही रोष्टमबाट आज उनले न्यायपालिकामा रहेका मानिसहरु सक्षम रहने कुरा उल्लेख त गरे तर, त्यही न्यायपालिकाबाट सेवा निवृत्त पूर्वन्यायाधीश तथा प्रधानन्यायाधीश विरुद्ध भने कटाक्ष गर्न भने भुलेनन् ।

हिजो मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले समाजिक संजालमा ट्वीट गर्दै संसदमा विचाराधिन संसद विघटनको बिषयमा कसैले पनि दबाव वा प्रभाव पार्न नहुनेका जोड दिएका थिए ।

सामाजिक सञ्जाल ट्वीटमाफर्त अध्यक्ष थापाले यस्तो बताएका हुन् । थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उक्त कुरामा जोड दिएका थिए ।

साथै उनले प्रतिनिधिसभा विघटन सम्बन्धी संवैधानिक प्रावधानमा केही अस्पष्टता रहेको र सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था भएको बताएका थिए ।

त्यसैले अदालतमा विचाराधिन विषयमा दवाव र प्रभाव पार्ने काम कतैबाट हुनु नहुनुपर्नेमा अध्यक्ष थापाले जोड दिएका थिए । उनले ट्वीटमा भनेका छन् , “संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो । प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता छ । सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधिन विषयमा दवाव र प्रभाव पार्ने काम कतैबाट हुनु हुँदैन ।”

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय