मंगलबार , माघ ६, २०७७

मुक्तिनाथ विकास बैंकको बोनस र लाभांश पारित

मुक्तिनाथ विकास बैंकको बोनस र लाभांश पारित

२६ पुष, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले हिजो पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ.व. ०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस शेयरसहित) १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

साथै, बैंकले कोरोनाभाइरस महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि शेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो ।शेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेको प्रमुख सुचना अधिकार तिलबहादुर गुरुङले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय