बिहिबार , माघ १५, २०७७

अघिल्लो आर्थिक वर्षको बाँकी बजेट योजनामा बाँडफाँड

अघिल्लो आर्थिक वर्षको बाँकी बजेट योजनामा बाँडफाँड

२६ पुष, गलकोट । बडिगाड गाउँपालिकाले हिउँदे गाउँसभाबाट योजनामा बजेट विनियोजन गरेको छ । कानून बनाउनका लागि हुने गरेको गाउँसभाले अघिल्लो आर्थिक वर्षको बाँकी बजेटलाई योजनामा बाँडफाँड गरेको हो । चालू आर्थिक वर्षको मध्यअवधिमा ६ वटा योजनाको लागि रु साढे तीन करोड बाँडफाँड गरिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को रु तीन करोड ५२ लाख ‘खर्चहुन बाँकी निर्सत बजेटको रकम’ चालु आर्थिक बर्षमा सम्पत्तिको रुपमा जम्मा गरेर सडक, कृषी र शिक्षा क्षेत्रका ६ योजनामा विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । गाउँपालिकाले आठौँ गाउँसभामार्फत अत्यावश्यक योजनाहरुमा रकमान्तर गरेर बजेटको व्यवस्था मिलाएको छ । आर्थिक बर्षको आधा अवधि सकिँदासमेत काम नभएका र सम्झौता गर्न नआएका योजनालाई ताकेता गरिएको छ ।

गाउँसाभाले भलामी सिसाखानी मोटरबाटो निर्माणको लागि २५ लाख, ग्वालीचौर छहरा दिपायर सडकको लागि २० लाख, भिमगिठे गोठान सडकको लागि रु १५ लाख विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिए ।

त्यस्तै गाउँसभाले कृषि तथा पशुसेवा तर्फ रु एक करोड ३५ लाख, स्वास्थ्य तर्फ रु ५० लाख र शिक्षा तर्फको रु ५० लाख बजेटलाई बाँडफाँड गरेको छ । कृषि तथा पशुपालनका योजनाबाट किसानलाई बीउ पूँजी र तालीम तथा प्रविधिको हस्तान्तण हुने छ । “हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौं, बजेट अधिवेशनका बेला छुटेका क्षेत्रसमेत हिउँदे अधिवेशनबाट समेट्न खोजीएको छ”, अध्यक्ष पाइजाले भने, “अत्यावश्यक सडकमा लगानी हुने छ, बाँकी अघिल्लो वर्ष बचेको प्रयोग गर्न मिल्ने बजेट कृषि र शिक्षा तथा स्थास्थ्य क्षेत्रमा खर्च हुने छ ।”

त्यस्तै लक्षित वर्ग तर्फ महिला तथा बालबालिकाको लागि रु ११ लाख विनियोजन भएको छ । गाउँसभाले तत्काल कार्यबिधि बनाएर लक्षित वर्गका कार्यक्रम सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । जनजातिको लागि सात लाख, दलितको लागि पाँच लाख, ज्येष्ठ नागरिक कार्यक्रमको लागि पाँच लाख, अल्पसङ्ख्यकको लागि दुई लाख, मुस्लिमको लागि दुई लाख र अपाङ्गता भएकाको लागि पाँच लाख बजेट विनियोजन गरेको छ ।

सङ्घीयता कार्यान्वयनपछि लक्षित वर्गका लागि बजेटको व्यवस्थापन हुन सकेको थिएन् । बडिगाड गाउँपालिकाको हिउँदे सभाले लक्षित वर्गमा पर्ने समुदायका लागि शीर्षक तोकेर पहिलो पटक बजेट विनियोजन गरेको हो । गाउँसाभाले हालसम्मको खर्च र केही कार्यविधिसमेत पारित गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय