मंगलबार , माघ १३, २०७७

गण्डकीमा पीएम कप पुरुष क्रिकेटका टिम घोषणा

गण्डकीमा पीएम कप पुरुष क्रिकेटका टिम घोषणा

२६ पुष, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यान गण्डकी प्रदेशले आइतबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

टिमको उपकप्तानमा अशोक श्रेष्ठ छन् भने अन्य खेलाडीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल विष्णु पाण्डे र दिनेश बुढामगर रहेका छन् ।

यसैगरी टिमको प्रशिक्षकमा रिजन प्रजु छन् भने व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् । मिलन लुइंटेल, विज्ञान गौतम, सन्देश बस्नेत र कमल परियार वैकल्पिक खेलाडीमा छन् ।

माघ २ गते देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय